७ वैशाख २०८१ शुक्रबार
समाज

परम्परागत हतियार प्रदर्शन गर्दै मुस्लिमहरुले मनाए ताजिया

रौतहट - परम्परागत हतियार प्रदर्शन गर्दै रौतहटका मुस्लिम समुदायले उत्साहपूर्वक ताजिया मनाएका छन्। देशको सबैभन्दा बढी मुस्लिम समुदाय रहेको रौतहटमा ताजिया बनाएर मुस्लिम समुदायले परम्परागत झाँकी, नाचगान, लाठी, खुकुरी, तरबार, भाला, गँडास जस्ता परम्परागत हतियार समेत प्रदर्शन गरेका छन्।

लोप हुँदै गएको ताजिया संस्कृति स्थानीय सरकार गठन भएपछिको पहिलो वर्षमा विगत दुई दशकमा पहिलोपटक उत्साहकसाथ मुस्लिमहरुले मनाएका हुन्। ताजियामा मुस्लिम समुदायको विगतको दुई दशककै ठूलो सहभागिता रहेको देखिएको छ। ताजियामा मुस्लिम महिलाहरुको पनि उत्साहपूर्ण सहभागिता रहेकाे थियाे। महिलाहरुले ताजियाका गीत गाउने, नाच्ने तथा लाठी वा अन्य हतियार प्रदर्शन गर्दै संस्कृति मान्ने गरेका छन्। निकै वर्षपछि ताजियामा यस प्रकारको उत्साह देखिएको गरुडा नगरपालिकाको लागि गत स्थानीय तहको निर्वाचनमा नेकपाबाट मेयरका प्रत्याशी रहेका शेख कलिमुल्लाहले जानकारी दिए। 

 

प्रकाशित: ६ आश्विन २०७५ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App