चीन घुम्दै उपराष्ट्रपति पुन (फोटो फिचर)

शनिबार, ०६ असोज २०७५, १४ : ५२ नागरिक

काठमाडौं- चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन्। उनले शनिबार विभिन्न विश्वविद्यालय, मोबाईल उत्पादक कम्पनीहरुको अवलोकन भ्रमण गरे।

यिपिन पोखरासँग असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ सहर हो। ५५ लाख ६० हजार जनसंख्या भएको यिपिनलाई रक्सी र बाँसको सहर भनेर चिनिन्छ।

उपराष्ट्रपतिले शनिबार विहान सिचुवान यूनिभर्सिटी एण्ड ईन्जिनियरिङको भ्रमण गरे। भ्रमणको क्रममा उनलाई विश्व विद्यालयलमा अध्ययनरत नेपाली विद्यार्थीहरुले स्वागत गरे।

नेपाली विद्यार्थीहरुसँग संक्षिप्त अन्तरक्रिया गर्दै उपराष्ट्रपतिले विश्वविद्यालयमा उत्कृष्ट नतिजा लिएर नेपालको शीर उचो राख्न आग्रह गरे। उनले यिविन नगरका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सचिवले सिचुवान यूनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु उत्कृष्ट रहेको बताएको सुनाउँदै थप प्रगतिका लागि शुभकामना दिए।

‘हिजो मैले यहाँका नगर सेक्रेटरीसँग भेटेँ, उहाँले नेपाली विद्यार्थीहरु उत्कृष्ट रहेको सुनाउनुभयो, यो हाम्रो लागि ज्यादै खुशीको कुरा हो,’ उपराष्ट्रपतिले भने, ‘तपाईंहरुले अझै राम्रो गर्नुस्, तपाईंहरुले राम्रो नतिजा ल्याउन अरु नेपाली विद्यार्थीलाई पनि यहाँ आउन सहज हुन्छ।’

विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आफूहरुले उत्कृष्ट नतिजा ल्याउन कोशिस गरिरहेको बताए। सो अवसरमा विश्वविद्यालयका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिविङ मेले नेपाली विद्यार्थीहरु उत्कृष्ट रहेको बताए।

उपराष्ट्रपतिले लिनकाङ आर्थिक क्षेत्रमा रहेको डोब मोबाईल र लिगो मोबाईल उत्पादन उद्योगको अवलोकन भ्रमण गरे। उनले चीनको सबै भन्दा लामो नदि याङसीमा बनेको यिपिन बन्दरगाहको समेत अवलोकन भ्रमण गरे।

तस्बिर सौजन्य : उपराष्ट्रपतिको सचिवालय

















यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad