coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसिया कप क्रिकेटः भारतले बंगलादेशलाई ७ विकेटले हरायो

काठमाडौं – एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ। युएईमा शुक्रबार राति सम्पन्न खेलमा बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको विजयी लक्ष्य भारतले ३६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो।

भारतका कप्तान रोहित शर्माले नटआउट ८३ रन जोड्दा अर्का ओपनर शिखर धवनले ४० रनको योगदान गरे। १०४ बल खेलेका शर्माले ५ चौका र ३ छक्का प्रहार गर्दा ४७ बलको सामना गरेका धवनले ४ चौका र १ छक्का प्रहार गरे। त्यस्तै महेन्द्रसिंह धोनीले ३३ र अम्बाथी रायडुले १३ रन जोडे। बंगलादेशका लागि शकिब अल हसन, रुबेल हुसेन तथा मसरफे मोर्तजाले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ४९.१ ओभरमा सबै विकेट गुमाएर १७३ रन बनाएको थियो। बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ४२ रन बनाउदा अर्का खेलाडी मसरफे मोर्तजाले २६ रन बनाए। ५० बल खेलेका हसनले २ चौंका र २ छक्का प्रहार गर्दा ५१ बलको सामना गरेका मोर्तजाले ३ चौंका प्रहार गरे। १ सय १ रन बनाउँदा बंगलादेशले ७ विकेट गुमाएको थियो। त्यसपछि केही सुधारिएको प्रदर्शन गरे पनि भारतविरुद्ध ठूलो स्कोर भने खडा गर्न सकेन।

बंगलादेशलाई सस्तैमा समेटन रविन्द्र जडेजाले ४ विकेट लिदा भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान ३–३ विकेट दिए। एसिया कपमा भारतले आइतबार पाकिस्तानसँग खेल्नेछ। समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो।

 

प्रकाशित: ६ आश्विन २०७५ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App