७ वैशाख २०८१ शुक्रबार
अन्य

जित

म घरको आँगनमा मुडामाथि बसेर घोत्लिरहेको थिएँ । दिमागमा विचारका आरोह–अवरोहहरू छुटिरहेका थिए । मन के गरौं कसो गरौं भइरहेको थियो र पनि अरूलाई आफू शान्त देखाउने कोशिशमा थिएँ।

‘बाबा जाने होइन, राति हुन लाग्यो, जाउँ,’ छोरोले मलाई घुच्याउँदै भन्यो।

‘आज नजाने, यतै बस्ने, ग्य्रान्डपालाई सन्चो छैन । मान्नुभयो भने भोलि उहाँलाई पनि लिएर जानुपर्छ,’ उसको घुच्याईले मेरो तन्द्रा टुट्यो र मैले उसलाई हेर्दै भनें, ‘अनि मामुले त ४ बजे हिँड्दा पनि भ्याइन्छ भन्नुभएको थियो त।’

‘जंगलको बाटो रातिराति एक्लै–दुक्लै हिँड्न हुन्न डर हुन्छ।’

‘झन् रमाइलो हुन्छ नि ! अस्ति नै पनि...!’

‘हुन्छ रमाइलो ! बाघ आयो भने... !’ मैले उसलाई पन्छाउने हिसाबले भनें।

‘धेरै किचकिच होइन है, मन भए उठ्नुहोस् र गएर ल्याउनुहोस् होइन भने म सुत्छु,’ विपुलाले मेरो हात पन्छाएर अर्काेतिर फर्किई।

बाघको नाम सुनेपछि ऊ अलि हच्कियो । कारण बाघ आए पनि के हुन्छ त हामी गाडीभित्र हुन्छौं भन्न उसको बालमष्तिष्कले सकेन र मलाई हेरेर चूप लाग्यो । म उसलाई हेरिरहेको थिएँ । उसले के सोच्यो कुन्नि र केहीबेरपछि बोल्यो, ‘त्यही भएर मामुले मलाई नजान भन्नुभएको रहेछ।’

‘हो र ?’ मैले सोधें।

‘हो त ।’ उसले आफ्नो कपाल मिलाइसकेर मैले बाँधेको हात फुकाएर काखामा आएर बस्दै भन्यो।

मलाई नमज्जा लाग्यो । तर, केही पनि भनिनँ । सात वर्षको भूरोसँग उसकी आमाको कुरा गर्नुको औचित्य थिएन र चूप लागें । ऊ मेरो काखामा बसेर छुकछुक गर्दै थियो । काम गर्ने केटी दुईवटा गिलास बोकेर आई।

‘के हो ?’ मेरो अगाडी उभिएकी काम गर्नेलाई सोधें।

‘दुध।’

‘यो बेला न कुबेला केको दुध?’

‘कुँडेमा उमाल्दा उमाल्दैको दुध बडीले पठाउनुभएको।’

‘खान्नौं लैजा, अस्ति नै नि दुध पिएर गएपछि सन्चो भएन।’

‘यो त त्यस्तो बाक्लो छैन, बडीले दुई भुल्को भुल्किनासाथको दुध पठाउनुभएको, जसरी नि पियाएर आउनु भन्नुभएको छ, पिउनुहोस्।’

‘उहाँले भनेर हुन्छ ? हामी पिउन्नौं कि कसो विविध ?’ मैले काखमा बसेको छोरोलाई अलि ठूलो स्वरले सोधें।

‘म त पिउँछु, हामीलाई स्कुलमा ठूलो मान्छेले भनेको कुरा मान्नुपर्छ भनेर म्याडमले सिकाउनुभएको छ ।’ भन्दै छोरोले काम गर्नेको हातको गिलास समातेर दुध पिउन थाल्यो।

‘तातो होला ।’ मैले भनें।

‘छैन ठिक्क छ ।’ भन्दै काम गर्नेले आफ्नो हातको गिलास र मलाई निरिह आँखाले हेरी र कौशीतिर फर्किई।

म उठेर बाथरूमभित्र पसें र -याकबाट कण्डम झिकेर लगत्तै फर्किएँ । बाथरूमबाट बिछ्यौनासम्म आउँदा मलाई ठूलो सन्तोष मिलेको अनुभूत भइरहेको थियो।

ऊ कौशीतिर फर्किएको देखेर मैले नि त्यतै हेरें । कौशीमा आमा हुनुहुँदो रहेछ । उहाँसँग मेरो आँखा जुध्यो । उहाँ मलाई एकोहोरो हेरिरहनुभएको थियो।

‘बडी, मालिक दुध... !’ काम गर्नेले भन्दै थिई।

‘खोई ले पिउँछु ।’ मैले काम गर्नेले आफ्नो वाक्य तुर्न नपाउँदै उसको हातको गिलास समातेर दुध पिएँ।

कौशीमा बसेर हाम्रो तमाशा हेरिरहनुभएकी आमा मुस्कुराउनु भयो । दुधको प्रत्येक घुट्कोसँगै मैले मेरी श्रीमतीद्वारा व्यक्त गरिएका शब्दहरू पनि पिउँदैछु भन्ने कुरा उहाँलाई के थाहा ? जुन शब्दहरूको सम्झनाले मात्रै पनि मैले पिउँदै गरेको दुध नमिठो बनाउँदै थियो । उसको ‘त्यहाँ गएर जे पायो त्यही खाएर बिरामी भएर आउने होईन नि ! ’ भन्ने वाक्यले रन्थनिएको मैले रिसले खपिखान नसकेपछि भनेको थिएँ, ‘हुन्छ नखाउँला, मैले खाने खानेकुरा यतैबाट लिएर जाने व्यवस्था गरिदेउ ।’ त्यसपछि ऊ चुप लागी । पहिला त म एक्लै हिँड्न तयार भएको थिएँ । तर, छोरोले पनि जाने रहर गर्यो । स्कुल छुटाएर बोकेर हिँड्न मन थिएन । तर, रहर गरिहाल्यो भन्ने लाग्यो र लिएर हिँडे । छोरोलाई लिएर जाने भएपछि आजै फर्किने होला भन्ठानेर होला हिँड्ने बेला के कसो भनेर सोधिनँ । तर, त्यो सम्भव भएन।

रातिको खाना खाएर छोरो सुत्न गयो । ऊ गएपछि बुबा, आमा र म बसेर खाना खान थाल्यौं । हामीले खाना खाँदै गर्दा आमाले धेरै कुरा सुनाउनुभयो । कति कुरा मेरो दिमागमा घुस्यो कति घुसेन । म एकोहोरो सुनिरहें । मसँग जवाफ थिएन । आमा मात्रै एक्लै बोलिरहनु भएको देखेर मैले बुबालाई हेरें । उहाँ चुपचाप खाना खाइरहनुभएको थियो । त्यो देखेर मैले बुबालाई सोधें, ‘अनि बुबा हजुर किन केही बोल्नुहुन्न ? मसँग भए रहेका गुनासोहरू केही छन् भने ...!’

‘छैन, त्यस्तो केही, हिजो हामीले हाम्रा बाबुआमालाई गरेजती गर्लाऊ भन्ठानेको थिएँ, त्यो सम्भव भएन, अब गर्ने भन्ने तँ नै हो तँलाई थाहा छँदैछ । हाम्रो अवस्था मैले अरु के भन्नु?’

‘हजुरहरूलाई उतै बसौं भनेको हुँदै हो, मान्नु हुन्न, घर, जागिर ! मेरो पनि आफ्नै बाध्यता छ त्यसैले म आउनुभन्दा हजुरहरू जान सजिलो हुन्छ जाउँ,’ मैले भने।

‘बसेर हेरेको होइन, तेरी श्रीमतीको झर्की फर्की ! कुरैपिच्छे पाखे, पाखेलाई के थाहा ! भन्ने शब्द सुन्दा–सुन्दा हाम्रो कान टट्यायो । जे भए पनि हामी पनि खानै नपाउने त थिएनौं नि ! ‘हिङ नभए नि हिङ बाँधेको टालो हौं’ भन्ने कुरा सागमा झोल हालेर खाने त्यो कठिनीलाई तैंले बताउनपथ्र्याे । सकिनस् र फर्केर फेरि गाउँमै आउनुपर्यो । तेरी आमा के गर्छे कुन्नि, मचाहिँ जान्न।’

‘तपार्इँ नगएपछि म मात्रै किन जानु नि?’

‘म हुँदासम्म त हो तर पछि त...!’

‘के नचाहिने कुरा गर्नुभएको होला ?’ भन्दै आमाले आँखा पल्टाउनुभयो।

विवाद बढ्ने र त्यसो केहीबेरमा बुबाको मृत्युको कल्पना मात्रैले पनि विक्षिप्त आमाको आर्तनाद हेर्न सक्ने अवस्थामा म थिइनँ । त्यसैले चुठ्नको लागि जुरुक्क उठें र आँटमा राखेको अम्खोरा बोकेर म बाहिर निस्किएँ । निकैबेर बाहिर बसेर भित्र पस्दा आमा र काम गर्ने भान्छा उठाउँदै थिए । मेरो खासै कुरा केही भएन।

भोलिपल्ट बिहानैदेखि बुबालाई सहर गएर उपचार गरौं भनेर कत्ति कर गरें, अहँ मान्नुभएन । आमालाई सम्झाउन भनें । दुवैजना टसको मस नभएपछि म खाना खाएर छोरो लिएर हिँडे । मन अमिलो हुँदै थियो। तर, मसँग केही गर्नसक्ने आधार थिएन।

तीनवटा छोराछोरी बितेपछि जन्मिएको म सबैको हाइहाइमै हुर्किएँ । दुःख के हो मलाई थाहा नै भएन । जमिन्दारी थियो, बुबा माविको हेडमास्टर ! मेरो चकचकी आफ्नै ठाउँमा थियो । तर, अनुशासन पनि गज्जबकै थियो, सायद त्यही अनुशासनले गर्दा पढाई अब्बल हुन पुग्यो । त्यसैलाई निरन्तरता दिँदै स्नातकोत्तरसम्मको पढाई पनि अब्बल भयो । यही कारणले मेरो पढाईको लागि घरबाट खासै लगानी पनि गर्नुपरेन।

जतिसुकै कडा मिजासको भए पनि बुबा मेरो पथप्रदर्शक मात्रै होइन, असल साथी पनि हुनुहुन्थ्यो। त्यसैले जीवनमा आइपरेका समस्याको समाधान आफूबाट निक्लेन भने म बुबालाई भन्थें र हामी दुईजना मिलेर समाधान गथ्र्याैं । मेरो जीवनमा विपुला आएको कुरा मैले सबैभन्दा पहिला बुबालाई नै भनेको थिएँ । मैले विपुलाले बारेमा भन्दा उहाँले तन्नेरी र ह्याण्डसम छोराको जीवनमा आइहाल्छन् नि दुई–चार वटी । तर, विवाहको निर्णयचाहिँ हत्तपत्त नगर्नु भन्नु नि भयो । किन भनेर सोधिरहन मलाई मन लागेन। अझ भनौं सकिनँ।

विपुलासँगको मेरो सम्बन्ध बुबाले कल्पना गरेभन्दा धेरै अगाडि बढिसकेको थियो । सुरुसुरुमा नबुझेको कुरा सोध्न मेरो कोठामा गु्रपमा आएकी विपुला पछिपछि एक्लै आउन थाली। खाजा तयार पारेर आफू पनि खाने मलाई पनि खुवाउने गर्दागर्दै मेरो भान्छा सिंगै उसले क्याप्चर गरी। एकदिन यसरी काम गर्ने भए तलब कति लिने भनेर सोध्दा झण्डै मलाई मारिन । त्यो दिन धेरैबेर हामी एकअर्काको अंगालोमा बाधिइरह्यौं । किन हो कुन्नि मलाई उसँगको साथ रमाइलो लाग्यो । बिस्तारै हामीले सीमा नाघ्यौं, हद पार गर्यौं । ऊ मेरो अनिवार्य आवश्यकता बन्दै गई । उसको तर्फबाट विवाहको दबाब आउन थाल्यो । मैले यसलाई स्वभाविक रूपमा लिएर घरमा कुरा गरें । त्यसपछि पो थाहा भयो जातभात, कूलघरान ! उफ् ! समस्यामा म परें । बुबा सघाउन सक्दिनँ भन्ने जवाफ आयो । आमा रुन थालिन् । मैले जिद्धी गरिरहें । अन्ततः जित मेरै भयो र यो जितलाई निरन्तरता दिइरहन पाउँ भन्ने लागिरह्यो । तर, विपुलाले मेरो बुबाआमालाई रिझाउने मात्रै होइन, बुबाआमाप्रतिको सामान्य कर्तव्य पूरा गर्न पनि सकिन । सम्बन्ध समस्यामा परिणत भयो र मैले यो समस्या समाधान गर्न नसकेपछि म नालायक साबित भएँ । अन्ततः हामीसँग बस्न नसकिने भनेर बुबाआमा गाउँ फर्किए।

‘बाबा सू आयो एकछिन गाडी रोक्नुहोस् न ।’ विविधले भन्यो।

उसको आवाजले म तन्द्राबाट निस्किएँ । छोरो मलाई कोट्याउँदै थियो । त्यो देखेर मैले गाडी तुरुन्तै मिल्ने ठाउँमा साइड लगाएर रोकें । गाडीबाट हामी दुवै ओर्लियौं । म एउटा ढुंगामाथि उभिएँ । ऊ झाडीतिर गयो । फर्किएर आएपछि उसले मेरो हात समाउँदै भन्यो, ‘एकछिन बसौं न।’

‘चिया खाजा खाने ठाउँमा बसौंला, यहाँ यस्तो सुनसान ठाउँमा नबसौं,’ मैले भनें।

‘हजुर त केही भनेको नि नमान्ने।’

‘सू आयो भनेर रोकेको ठाउँमा बसौंभन्दा को मान्छ ? तिमी सानो मान्छे नचाहिने जिद्धी नगर, ल अब जाउँ हिँड ।’ भन्दै म गाडीमा बसें।

ऊ मन नलगाई नलगाई गाडीमा चढ्यो।

‘बेल्ट बाँध ।’ मैले भनें।

‘म नचली बस्छु।’

‘बेल्ट बाँध ।’ मैले अलि ठूलो स्वरमा आदेशात्मक पाराले भनें।

‘कस्तो के हजुर त ।’ भन्दै विविधले सिट बेल्ट बाँध्यो।

मैले गीतको भोलुम अलि ठूलो बनाएँ र गाडी स्टार्ट गरें । गाडी सडकमा गुडाउँदै सोचें, ‘ठ्याक्कै आमाजस्तै छ । केही भन्यो कि यो के र त्यो के भनेर ... ! ज्ञानी मान्छेलाई त एकचोटी सिकाएको कुरा अर्कोचोटी सिकाउन नपरोस् न ! ’ मैले मनमनै भनें र उसलाई हेरें । ऊ आफ्नै धुनमा थियो । मलाई लाग्यो, ‘के गर्नु दुई–चार चोटीको भेटमा सबैकुरा थाहा नहुने, अहिले यसरी प्रस्तुत हुने थाहा पाएको भए म किन सम्बन्ध स्वीकार्थें ? सियो बनेर पसेर फाली हुन जानेकी विपुलाले छोरोलाई पनि आफू जस्तै हुन त सिकाई सकी । केही भन्यो भने हस् हुन्छ भन्न छोडेर त्यो के यो के पर्दैन खोई अरु के के हो के के भन्ने आमाचाहिँको बानीलाई टपक्क टिपेको छ । विपुलालाई अथ्र्याउँदा धेरैचोटी म वाक्क भएर हिजोआज नभनी नहुने कुरा मात्रै भन्न थालेको मलाई छोरा सम्हाल्न हम्मे परेको छ । वास्ता नगरौं कति नगरौं गरौं कति गरौंको धर्म संकटले अर्चापेको मलाई घरको समस्या मैले कसरी सल्टाउने होला भन्ने लाग्यो।

सानै हुँदा नि घरमा आफू एक्लै भएँ भाई वा बहिनी भइदिएको भए खेल्न सजिलो हुन्थ्यो भन्दा बुबाले ‘आमालाई छोराछोरी पाउन गाह्रो भयो त्यसैले तँ भए पुग्यो । ’ भन्नुभएको अहिले जस्तो लाग्छ । मैले त्यस्तो रहर गर्दा एउटा पाइदिएको भए अहिले पालैपालो मिलाएर बुबाआमालाई हेर्नुहुन्थ्यो । सम्पत्ति बाँड्नपर्छ र आमालाई नि दुःख हुने भएर अर्को सन्तान नजन्माइदिँदा अहिले आफूलाई कम्ता गाह्रो भएको छैन । जता फर्किए पनि जे परे पनि आफैं ! ’ मेरो अवस्था देखेर म आफैंलाई कहाली लाग्यो । मुटु निचोरिएर आयो र गाडी साइड लगाएर स्टेयरिङमा टाउको राखेर बसें।

‘हजुरले अघि खाजा खाने ठाउँमा रोक्छु भन्नुभएको थियो । तर, यहाँ त जंगल मात्रै छ, किन रोक्नुभएको?’ विविधले सोध्यो।

‘बाबालाई पनि सू आयो ।’ मैले सम्हालिंदै भनें।

‘अनि जानु न त।’

‘जान्छु ।’ भन्दै म गाडी लक गरेर बाहिर निस्किएँ । र, झाडीतिर लागें।

तल त्रिशुली नदी फुक्काफाल बगिरहेको थियो । माथि डिलमा उभिएर दुई–चार वटा ढुंगा नदीमा फालें।

अहँ नदीलाई कुनै असर परेन । उसको निरन्तरताप्रति आरिस लाग्यो । एकछिन त्यहीँ उभिएर हेरिरहें र फर्किएँ।

‘कति बेर लगाउनुभएको, म नि ओर्लिउँ भनेको ढोका लक गर्नुभएछ ।’ मैले गाडीको ढोका खोलेर सिटमा बस्दै गर्दा विविधले भन्यो।

‘मलाई थाहा थियो । तिमी ओर्लिन खोज्छौ भनेर त्यसैले मैले बन्द गरेर गएको ।’ मैले हाँस्न खोज्दै भनें ।
‘नट्टी बाबा ।’ भन्दै ऊ फन्कियो।

‘हो म तिमी आमाछोरा दुवैको लागि नट्टी !’ भन्दै मैले गाडी स्टार्ट गरें।

‘हो त !’ ऊ ठुस्सियो।

मैले उसको खासै वास्ता गरिनँ र गाडी अगाडी बढाएँ । भोक लागे खाने सामान गाडीमै थियो । त्यसैले कतै नरोकी सरासर घर आएँ । घर आएपछि छोरोले उसकी आमालाई भए/नभएको कुरा लगायो । ऊ छोराको कुरा सुन्दै मलाई आँखा पल्टाएर हेर्दै थिई । अस्ति मैले मेरो बुबा बिरामी भनेदेखि उसलाई ज्वरो आएको थियो । त्यो ज्वरो अझै उत्रिएको थिएन । झन् अहिले छोरोको कुराले उसको ज्वरोको पारो बढ्यो होला त्यसैले आमाले पठाइदिएको घिउ र बेसार छुँदा पनि छोइन । सन्चो/बिसन्चो सोध्नु त परको कुरा ! मैले पनि फलाक्नुको औचित्य देखिनँ र चूप लागें । केहीबेर बसेर थकाई मारिसकेपछि नुहाउन बाथरुमभित्र छिरें । बाथरूमबाट निस्केर कोठामा पसेको म त्यसै अल्मल्लिएँ । खाना पाकेको खबर बोकेर छोरो आउँदा पो आठ बजेको चाल पाएँ।

खाना खाएर कोठामा फर्किएँ । भित्री कोठामा छोरो निदाइसकेको थियो । व्लांकेट तानतुन पारिदिएर म आफ्नै कोठामा फर्किएँ । मन बेचैन भइरहेको थियो । उसका माइती मावली जसलाई जे पर्दा पनि दौडिन बाध्य हुनुपर्ने मलाई मेरो बुबाआमाको स्वास्थ्यको बारेमा विपुलाले एक बचन पनि नसोध्दा असाध्यै चित्त दुखेको थियो । तर, व्यक्त गरिनँ । मेरो मनभित्र एउटा विचार आएको थियो, त्यसैले म उभिएर क्यालेन्डर हेर्दै थिएँ । विपुला भान्छाको काम सकेर हात पुच्छदै कोठाभित्र पसी र छोराको कोठाको ढोका तानेर म नजिकै आएर उभिई । मैले उसलाई नदेखेकोझैं गरें।

‘गाउँ गएर आएपछि पहिलेको विनय बनाउन मलाई हप्ता दिन लाग्छ ।’ विपुलाले भनी।

‘आमा पनि मलाई हेरेर उहाँले ३० वर्ष स्याहारेको छोरो जस्तै लाग्दैन, कस्तो अर्कै अर्कै भएको, परचक्री जस्तै लाग्छ भन्दै हुनुहुन्थ्यो । हिजोआज त मेरो पहिचान के हो म आफैंलाई थाहा भएन ।’ मैले सामान्य बन्न खोज्दै भनें।

‘कहाँको कुरा कहाँ पुर्याउन खोज्नुभएको?’

‘यथार्थ यही हो, एउटा मान्छे धेरैको चित्त बुझाउन धेरै भूमिकामा खेल्दा मान्छेको पहिचान सक्किएर सिङ र पुच्छर नभएको जन्तु बन्दो रहेछ । मेरो हालत अहिले यस्तै भएको छ।’

‘लौ!’

‘के लौ ? भोलि भविष्यमा अहिलेको मेरो अवस्थामा हाम्रो छोरो हुनेछ र हाम्रो हालत अहिलेको मेरो बुबाआमाको भन्दा पनि दयनीय हुन्छ त्यही सोचेर म क्यालेन्डर हेर्दै थिएँ,’ मैले बिछ्यौनामा आएर बस्दै भनें।

‘क्यालेन्डर किन नि ?’ विपुलाले मसँगै बस्दै सोधी।

‘म एउटा भएकोले दुःख पाएँ । त्यसैले हामीले अब अर्को एउटा बच्चा पाउनुप¥यो । दुईजना भए त सम्पत्तिको कारणले पनि स्याहार्छन् । नत्र त...!’

‘अब यो बुढेशकालमा !’ विपुला तर्किई।

‘बरु म जुनसुकै जोखिम उठाउन पनि तयार छु, म चाहान्छु मैले जस्तो एक्लो हुनुको पीडा मेरो छोरोले भोग्न नपरोस्।’

‘मलाई कति गाह्रो हुन्छ थाहा छ हजुरलाई?’

‘त्योभन्दा गाह्रो मलाई भएको छ । म वर्तमान र भविष्य सम्झिएर छटपटाइरहेको छु । बाँचुन्जेल पाल्ला, मरेपछि पोल्ला र फाल्ला भनेर मेरा बुबाआमाले जन्माएको म, माया बाँड्नुपर्छ भनेर अर्को सन्तान नजन्माउँदा एक्लै आज लाचार बन्दैछु । के थाहा भोलि हाम्रो अवस्था पनि त्यस्तै भयो भने त्यसैले अर्को एउटा बच्चा पाउँ । बच्चा भयो भने बच्चा स्याहार्ने बहानामा आमा आउनुहुन्छ । आमासँगै बा पनि आउनुहुन्छ।’

‘हजुरलाई बच्चा चाहिएको कि बुबाआमा ल्याउने बहाना चाहिएको भन्नु होस् त!’

‘मलाई दुवै चाहिएको।’

‘एउटा बच्चा हुर्काउन कति गाह्रो हुन्छ । त्यो थाहा पाउँदा पाउँदै पनि अब यसबेला आएर बच्चा कि बच्चा भनेर रट लगाएको छ।’

‘परेपछि थाहा हुँदो रहेछ विपुला जन्मिएपछि हुर्किन्छ त्यसैले पाउँ है ? हुन्छ भन न।’

‘न कुनै योजना छ न तयारी नै केही छ ? यो आधा रातमा मलाई कस्तो दुःख दिएको हो भन्या ? म सुतुँ कि के गरौं ? घर गएर आयो कि चाहिने नचाहिने अत्तो थापेर ... ।’ भन्दै विपुला रुन थाली।

‘भोलि हाम्री बुहारी पनि यसै गरी रुन्छे विपुला।’

‘रुन्छे कि छोडेर हिँड्छे!’

‘तिम्रो नि हिँड्ने विचार त छैन नि ?’ मैले सोधें।

‘तपाईंले यस्तै दुःख दिइरहने हो भने भोलि त्यस्तो विचार आउन पनि के बेर?’

‘हो हगि ? यो विवाह भन्ने कुरा रितीरिवाज, रहनसहन र भात भान्छा मिल्नेसँग गर्न पर्ने रहेछ अन्तरजातीय विवाह गर्दा के नमिल्ने के?’

‘भएकै त्यही त हो नि ! आवेसमा आएर निर्णय गरीहालियो अब अहिले आएर जति गर्दा नि न मैले उहाँहरूको चित्त बुझाउन सकें न उहाँहरूले मेरो चित्त बुझाउन सक्नुभयो । चित्त नबुझेपछि भनाभन सुरु भयो । भन्दै जाँदा सबै भनें, त्यतिले नपुगेर अन्याय र अत्याचार पनि सकेजति गरें । मैले नपुगेर मेरा माइतीलाई नि गुहारें । तर अहिले आएर... ! ’ विपुलाले आँसु पुछी।

‘बुद्धि आयो भन्न खोजेको हो कि के?’

‘म नि आमा हुँ, छोरा जन्मिएर काखामा पहिलोचोटी लिँदा नै मेरो मनले अनेक कल्पना गरेको थियो, म त्यतिबेलै आमा÷हजुरआमा सबै बनेको थिएँ । तर, मैले मेरो पनि बुहारी आउँली, उसले मलाई हेरिनँ भने मेरो गति के होला भन्ने कुरा बिर्सेको थिएँ। तर, अहिले हजुरको कुराले...! भोलि/पर्सि कहिले हुन्छ गएर उपचारको लागि बुबालाई ल्याउनुहोस् । बुबा आएपछि आमा पनि आइहाल्नुहुन्छ । म आफूलाई सम्हाल्छु, सुधार्छु । अब सुतौं,’ विपुला सुँकसुँकाउँदै बिछ्यौनामा पल्टिई।

‘त्यसोभए अर्को एउटा बच्चा ... !’ मैले उसको गाला मुसार्दै आफ्नो वाक्य अधुरो छोडें।

‘ज्यादै झमेला हुन्छ, त्यसैले नपाउने,’ विपुला मेरो छातिमा टाँस्सिई।

“म त सुरसारमा थिएँ । त्यसैले टोपी नै नलिई आएँ ।’ मैले सामान्य पाराले भनें।

‘अर्को व्यक्तिको उपस्थिति र सहमति बेगर निर्णय नहुने कुरा एक्लैको कोशिशले केही हुन्न,’ विपुलाले भनी।

‘म त...।’ भन्दै मैले विपुलालाई जिस्काउन खोजें।

‘धेरै किचकिच होइन है, मन भए उठ्नुहोस् र गएर ल्याउनुहोस् होइन भने म सुत्छु,’ विपुलाले मेरो हात पन्छाएर अर्काेतिर फर्किई।

म उठेर बाथरूमभित्र पसें र -याकबाट कण्डम झिकेर लगत्तै फर्किएँ । बाथरूमबाट बिछ्यौनासम्म आउँदा मलाई ठूलो सन्तोष मिलेको अनुभूत भइरहेको थियो।

प्रकाशित: ६ आश्विन २०७५ ०५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App