coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रत्नजित सेमिफाइनलमा

(फाइल फाेटाे)

काठमाडौं – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ तेस्रो योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष एकलको सेमिफाइलनमा प्रवेश गरेका छन्। 

बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा शु्क्रबार सम्पन्न पुरुष एकलतर्फको पहिलो क्वार्टरफाइनलमा आर्मीका रत्नजितले नेपाल पुलिसका  जीवन आचार्यलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेट २१–१९ को रोमाञ्चक जित निकालेका रत्नजितले दोस्रो सेट २१–१७ले आफ्नो पक्षमा पारेको थियो। 

यस्तै शुक्रबारै सम्पन्न अर्को खेलमा शिल्क ट्रेडका प्रिन्स दाहालले नेपाल पुलिसका विष्णु कटुवालमाथि २१–१२ र २१–१३ को जित हात पारेको थिए भने अर्को खेलमा आर्मीका नविन श्रेष्ठले भोजपुरका विकाश श्रेष्ठमाथि २२–२० र २१–१३को जित हात पारेका थिए । उता एपिएफका दिपेश धामीले आर्मीका प्रफुल्ल महर्जनलाई २१–९ र २१–७ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे। 

शुक्रबारै सम्पन्न पुरुष युगल तर्फको खेलमा एपिएफका दीपेश धामी र विजित थापा, नेपाल पुलिस दीपक बोहरा र जीवन आर्चाय, आर्मीकै रत्नजित तामाङ र नविन श्रेष्ठ तथा आर्मीका रुकेश महर्जन र पविन लिङथेपले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेका छन् । सेमिफाइनका खेलहरु शनिबार हुनेछन्। 

 

प्रकाशित: ६ आश्विन २०७५ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App