coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभामुख अाेनसरीसहितको संसदीय टोली लन्डनमा

लन्डन-सभामुख अनसरी घर्तीसहितको संसदीय टोली बेलायतको एक साता भ्रमणका लागि लन्डन आइपुगेको छ।

सो टोलीलाई आइतवार विहान हिथ्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री, थर्ड सेक्रेटरी बाबुकाजी डंगोल र ब्रिटिश ग्रुप इन्टर पार्टी युनियनका प्रतिनिधीहरुले स्वागत गरे । बेलायती संसदअन्तर्गत ब्रिटिस ग्रुप इन्टर पार्टी युनियन (बिजीआईपीयू) को निमन्त्रणमा सो टोली लन्डन आएको हो ।

टोली यही १८ अप्रिलदेखि २३ अप्रिलसम्म बेलायती संसदले आयोजना गर्ने विभिन्न औपाचारिक कार्यक्रमका सहभागी हुनेछ। टोलीमा नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, नेकपा एमाले प्रमुख सचेतक भानुभक्त ढकाल, नेकपा एकीकृत माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी, संसद सचिवालयका महासचिव मनोहर भट्टराई र सचिव मुकुन्द घिमिरेलगायत ७ जना छन्।

संसदीय टोलीले बेलायती संसदीय समूहको आयोजनामा हुने औपाचारिक कार्यक्रमका अतिरिक्त यहाँस्थित गैरआवासीय नेपाली सँघ यूके लगायत आआफ्ना राजनैतिक भातृसंस्थाको आयोजनाकमा हुने स्वागत तथा अन्तक्रियमा सहभागी हुने कार्यक्रम छ । सोमबार साँझ बेलायती तल्लो सदन हाउस अफ कमनमा सो टोलीको सम्मानमा एक बिषेश रिसेप्सनको आयोजना गरिएको छ।

प्रकाशित: ४ वैशाख २०७३ १८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App