५ वैशाख २०८१ बुधबार
राजनीति

‘नेपाल गरिब होइन, शासकको बदनियतले गरिब देखिएको हो’

पर्वत– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शासकहरुको बदनियतले गर्दा नेपाल गरिब मुलुकका रुपमा देखिएको बताएका छन्। नेपाल जेसिजको क्षेत्र ख सम्मेलनलाई पर्वतको कुश्मामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। नेपालजस्तो स्रोतसाधनले भरिपूर्ण देश कहि नभएपनि शासक खराब पर्दा नेपालको आर्थिक समृद्धि हुन नपाएको धारणा उनले राखे। 

‘हामी आफै भन्छौ गरिब नेपाल, नेपाल गरिब होइन, यहाँका शासकहरुको खराबी र बदनियतका कारण गरिबजस्तो देखिएको हो’, उनले भने। हिमालदेखि तराईसम्मको स्रोतसाधन भएको मुलुक कही पाउन नसक्ने भन्दै सत्तामा पुग्ने शासकको गलत प्रबृत्तिले नेपाल समृद्ध बन्न नसकेको दाबी गरे। 

‘हावापानीको विविधता छ, जैविक विविधता छ, उत्पदनको विविधता छ, हिउ चितुवा पनि पाइएको छ, गैडा, हात्ती पनि पाइएको छ, दुनियामा यी सबै पाइन्छ’ उनले प्रश्न गरे, ‘हाम्रो साथमा रहेको अन्न खसेर उम्रेर बोट बन्छ, खाडीमा त्यस्तो देख्नुभएको छ, त्यसैले नेपाल गरिब होइन, धनी छ।’ 

धेरै ठाउँमा कृतिम झर्ना बनाएर मान्छे तान्ने काम गरेपनि नेपालमा प्राकृतिक झर्ना रहेको, हिउश्रृङ्खला रहेका र पर्यटनबाट ठुलो लाभ लिन सकिने तिमिल्सिनाले बताए। प्रकृतिले दिएका कुरालाई सदुपयोग गर्न सकेमा नेपाल गरिब नभएको दाबी अध्यक्ष तिमिल्सिनाको थियो। 

लामो समय सत्तामा रहने शासकको आखा नेपाललाई समृद्ध बनाउनेतर्फ ध्यान केन्द्रित नभएपनि अहिले आएका जनप्रतिनिधिलाई त्यो छुट नभएको धारणा राखे। अल्पविकसित भनेर चिनिएको नेपाललाई विकसित नेपालका रुपमा बनाउन तीनै तहका जनप्रतिनिधिले भुमिका खेल्ने विश्वास उनले ब्यक्त गरे। 

पर्वत गृह जिल्ला समेत भएका तिमिल्सिनाले सत्तामा रहँदा सरकारका नेतृत्वकर्ताहरु विधिको शासनमा नहिडेको आरोप पनि लगाए। ‘बिधि एकातिर र शासन अर्कोतिर हुँदा मुलुकमा विधिको शासन भएन’ उनले भने।

प्रकाशित: ५ आश्विन २०७५ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App