coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार र यातायात मजदुरबीच ८ बुँदे सहमति, हड्ताल फिर्ता

काठमाडौं– सरकार र यातायात मजदुरबीच ८ बुँदे सहमति भएको छ। मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुरका प्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार ८ बुँदे सहमति भएको हो। सहमतिसँगै यातायात मजदुरले हड्ताल फिर्ता लिएर सवारी चलाउन सुरु गरेका छन्। 

सहमतिअनुसार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबाट प्राप्त ज्ञापनपत्रको कार्यान्वयनका लागि गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने, अध्ययन गरेर आवश्यक भए ऐन संशोधन गर्ने, ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था मिलाउने उल्लेख छ।

त्यसैगरी सडक दुर्घटना हुँदा घटनाको निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सवारी साधनको नियमित चेकजाँच, ट्राफिक प्रहरीको व्यवहार परिवर्तन, आन्दोलनका क्रममा गिरफ्तारीमा परेका सवारी चालकलाई आजैबाट गृह मन्त्रालयले रिहा गर्ने सहमति भएकाे छ। 

प्रकाशित: ५ आश्विन २०७५ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App