८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

तान्जानियामा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या सय नाघ्यो

काठमाडौं - तान्जानियामा भएको डुङ्गा दुर्घटना ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ। तान्जानियाको लेक भिक्टोरियामा भएको दुर्घटनामा अन्य सयौं संख्यामा यात्रुहरु हराइरहेको अधिकारीहरुले बताएका छन्। हराइरहेकाहरुको खोजिकार्य जारी रहेको छ। हालसम्म ३७ यात्रुको जिवितै उद्धार गरिएको छ। १ सय यात्रु क्षमता रहेको जहाजमा ३ सय बढी यात्रु सवार हुँदा ओभरलोडका कारण जहाज पल्टिएको हुन सक्ने त्यहाँका अधिकारीले बताएका छन्। डुङ्गा युकार आइसल्याण्डको तटिय क्षेत्र नजिक दुर्घटना परेको थियो।

तान्जानियामा यो वर्ष मात्रै डुङ्गा दुर्घटनाका थुप्रै घटनाहरु भएका छन्। लेक भिक्टोरीयामै सन् १९९६ मा भएको डुङ्गा दुर्घटनामा कम्तिमा ५ सयले ज्यान गुमाएका थिए भने सन् २०१२ मा जान्जिवारको इन्डिएन ओसनमा भएको दुर्घटनामा १ सय ४५ जनाले ज्यान गुमाएका थिए।

 

प्रकाशित: ५ आश्विन २०७५ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App