प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेल्दैछ : रसिया

शुक्रबार, ०५ असोज २०७५, १५ : ५९ एजेन्सी

मस्को- रसिया र चीन बिरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ। रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिएका छन्। 

मन्त्री सेर्गेइले रुस–अमेरिका सम्बन्धमा तनाब निर्माण गर्दा विश्वमा स्थायित्व आउँछ भन्नु मुर्खता मात्र हो भनेका छन्। “आगोसँग खेल्न खोज्नु मूर्खता हो, यसको परिणाम खतरनाक हुन सक्दछ,” उनले भने। 

बिहीबार, संयुक्तराज्य अमेरिकाले रुसदेखि चीनसम्मका देशमाथि प्रतिबन्धहरु लगाएको थियो। अमेरिकाले रुसी लडाकू बिमान र क्षेप्यास्त्र खरिद गर्ने एउटा चिनियाँ सैनिक संस्था बिरुद्ध दण्डात्मक सजाय गर्ने घोषणा गरेको थियो। 

अमेरिकी विदेश मन्त्रालयले समेत ३३ वटा रुसी जासूसी तथा सैनिक–सम्बद्ध पक्षहरुलाई नाकाबन्दीको कालोसूचीमा राखेको घोषणा गरेको थियो। यी सबै यसअघि नै अमेरिकी प्रतिबन्धको सूचीमा रहेका रुसी व्यक्ति र कम्पनी थिए। अमेरिकी प्रतिबन्ध व्यहोर्ने व्यक्ति र कम्पनीहरुमा प्रतिरक्षा सम्बद्ध कम्पनीहरु, जीआरयू सैनिक जासूसी निकायका अधिकृतहरु तथा इन्टरनेट अनुसन्धान एजेन्सीसँग आबद्ध व्यक्तिहरु रहेका छन्। 

प्रतिबन्ध घोषणा गरिएका ३३ मध्ये २८ वटा बिरुद्ध २०१६ को अमेरिकी चुनावको धाँधलीको अनुसन्धान गरिरहेको रोबर्ट मूलरको छानबिन समितिले आरोपित गरेका हुन्। 

उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले हालसम्म अमेरिकाले जतिसुकै प्रतिबन्धहरु घोषणा गरे पनि रुसले आफ्नो नीतिमा परिवर्तन नगरेको स्पष्ट पारे। “अमेरिकी कालोसूची पटकपटक लागिरहेकै छ। यो हास्यास्पद छ तर उसले लगाइआएको छ,” उनले बताए, “यस्तो लाग्छ प्रतिबन्धहरु घोषणा गर्नु अमेरिकाका लागि मनोविनोद हो।” 

उनले सन् २०११ यता अमेरिकाले रुस बिरुद्ध घोषणा गरेको यो ६० औं प्रतिबन्ध हो।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad