८ वैशाख २०८१ शनिबार
राजनीति

लेखा समितिको सभापतिमा शाह

काठमाडाैं- प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन्।

समितिको शुक्रबारको बैठकमा समिति सदस्य राजेन्द्रकुमार केसीले रुपन्देहीका शाहलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमाथि अर्का सांसद मीना सुब्बाले समर्थन गरेकी थिइन। सो प्रस्तावलाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन गरेको छ। समितिको सभापतिका लागि पूर्वअर्थराज्यमन्त्री शाहको एक मात्र उम्मेदवारी परेको थियो। समितिका ज्येष्ठ सदस्य शरत्सिंह भण्डारीले सभापतिको उम्मेदवारीका लागि एक मात्र प्रस्ताव परेकाले शाह निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

बैठकमा ज्येष्ठ सदस्य भण्डारीले शाहलाई बधाई दिँदै समितिको उद्देश्यअनुसार भूमिका निर्वाह गर्न शुभकामना दिए। नवनिर्वाचित सभापति शाहले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधान र नियम कानूनअनुसार समितिका कामकारवाही प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्। दश समितिमध्ये आठ समितिको नेतृत्व प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा एक/एक समितिको नेतृत्व काङ्ग्रेस र सङ्घीय समाजवादी फोरम नेपालले लिएको छ। रासस

प्रकाशित: ५ आश्विन २०७५ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App