७ वैशाख २०८१ शुक्रबार
राजनीति

खुर्सिद हत्याको छानविनका लागि समिति गठन

काठमाडौं– सुनसरीमा हत्या गरिएका खुर्सिद अन्सारी घटनाको छानविनका लागि सरकारले प्रहरी वरिष्ठ उपरीक्षककाे नेतृत्वमा समिति गठन गरेको छ। 

शुक्रबार गृह मन्त्रालयले प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। समितिमा सशस्त्रका एसपी रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी प्रसाईँ, आन्तरिम मामिला तथा कानून मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य छन्।

समितिलाई १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ।

सुनसरीको हरिनगरमा रैयाब बोर्डिङ स्कुलका सञ्चालन गर्दै आएका अन्सारीको भुटाहा बजारमा बिहीबार दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। 

हत्या लगत्तै मुस्लिम अगुवाले गृहमन्त्री रामबहादुर थापालाई भेटी हत्यारालाई कारवाही र उच्चस्तरीय छानविन समिति बनाउन माग गरेका थिए।

प्रकाशित: ५ आश्विन २०७५ ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App