७ वैशाख २०८१ शुक्रबार
अर्थ

जलविद्युत् आयोजनालाई स्थानीय सरकारको सर्त

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले प्रभावित क्षेत्रका स्थानीयलाई दिइने सेवा सुविधा सुनिश्चित गरेर साप्सुखोला जलविद्युत् आयोजनाको काम अघि बढाउन माग गरेको छ। 

निर्माण सुरु भएको दुई वर्षभित्रै पूरा गर्ने लक्ष्यका साथ निर्माणका काम भइरहेको ७.१५१ मेगावाट क्षमताको आयोजनालाई प्रभावित क्षेत्रका स्थानीयले पाउने सेयरलगायत सेवा सुविधा तथा क्षतिपूर्तिको टुंगो लगाएर मात्र अघि बढाउन माग गरिएको हो। 

स्थानीय सरकार कार्यान्वयनमा आएको लामो समयसम्म प्रभावित क्षेत्रका स्थानीयलाई दिइने सेवा सुविधाका विषयमा आयोजनाले केही नबोलेकाले आवाज उठाइएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए।

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबीच निर्माणस्थल रहेकाले दुवै स्थानीय तहले आयोजनाको सेवा सुविधाबारे निश्चित गरेर मात्र बाँकी काम अघि बढाउन भनेको छ । करिब एक अर्ब ३० करोड लगानीमा पूरा हुने उक्त आयोजना जिल्लाका स्थानीय खोलाबाट उत्पादन गर्न लागिएको हाइड्रोपावरमध्ये सबैभन्दा ठूलो विद्युत् योजना हो। 

प्रकाशित: ५ आश्विन २०७५ ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App