८ वैशाख २०८१ शनिबार
अर्थ

भृकुटीमण्डपमा फर्निचर एक्स्पो

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ। जेम फ्लोरिङको प्रस्तुति तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सुरु भएको एक्स्पोको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका छन्।

अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट सहयोग नपाएको बताए।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचर उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गइरहेको कच्चा पदार्थको सदुपयोग गर्न बाटो खोलिदिनुपर्ने बताए।

आयोजक संघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी उत्पादनको प्रयोग गर्न आम उपभोक्तालाई अपिल गर्दै आफूहरुले अन्तर्राष्ट्रिय स्तरको उत्पादन तयार गर्न सक्ने बताए। राज्यको असहयोगका कारण यो क्षेत्रको अपेक्षित विकास हुन नसकेको उनको भनाइ थियो।

पाँच दिन चल्ने एक्स्पोमा नेपाली तथा अन्तर्राष्ट्रिय ब्रान्डका फर्निचरको बृहत् प्रदर्शनी छ । मेलामा स्टक क्लियरेन्सका साथै दसैं अफरका साथ फर्निचर तथा फर्निसिङ सामान बिक्री वितरण हुनेछ।

एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्तालाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गर्ने आयोजकको भनाइ छ। प्रदर्शनीस्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइनसम्बन्धी परामर्श समेत लिन पाइनेछ। रोबोटिक प्रतिस्पर्धा एक्सपोको अर्को आर्कषण रहेको आयोजकले जानकारी गराएको छ।

फर्नेक्स २०१८ को टाइटल स्पोन्सर जेम फ्लोरिङ हो। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण छन् । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षणका रुपमा रहेका छन्।

असोज ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल छन्।

प्रकाशित: ५ आश्विन २०७५ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App