७ वैशाख २०८१ शुक्रबार
खेल

युरोपा लिगः चेल्सी र आर्सनलको विजयी सुरुवात

काठमाडौं – युरोपा लिग फुटबलमा इङ्लिस क्लब चेल्सी र आर्सनलले विजयी सुरुवात गरेका छन्। प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेल्सीले ग्रीसको पाओके एफसीमाथि १–० को कठिन जित निकालेको हो।

चेल्सीको जितमा खेलको ७ औं मिनेटमा विलियनले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै चेल्सीले समूह ‘एल’ महत्वपूर्ण ३ अंक बटुलेको छ। 

त्यस्तै राति नै भएको समूह ‘इ’ को खेलमा आर्सनलले युक्रेनको भोरसाक्ला पोल्ताभालाई ४–२ ले हरायो। आर्सनलको जितमा ३२ र ५६ औं मिनेटमा औबामियाङ्ग, ४८ औ मिनेटमा ड्यानी वेलबेक र ७४ औ मिनेटमा मेसुट ओजिलले गोल गरे। पराजित टोलीका लागि ७६ औं मिनेटमा चेस्नाकोभ र दास्रो हाफको अतिरिक्त समयमा भिएचेस्लाभ सार्परले गोल फर्काए। 

 

प्रकाशित: ५ आश्विन २०७५ ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App