७ वैशाख २०८१ शुक्रबार
अर्थ

नबिल बैंकको यात्रा स्वास्थ्य बीमा सेवा

काठमाडौं – नबिल बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘वैदेशिक यात्रा स्वास्थ्य बिमा योजना’ तुरुन्त जारी गर्ने भएको छ।

बैंकले आफ्नो काउन्टरबाट भिसा इन्टरन्यासनल प्रिपेड कार्ड बैंक ड्राफ्ट र  विदेशी मुद्रा सटही जस्ता सेवाका लागि सम्पूर्ण आकांक्षी ग्राहकलाई वैदेशिक यात्रा (ट्राभल) बिमा योजना सेवा पनि उपलब्ध गराउने बैंकले जनाएको छ।

नबिल बैंकले सर्वप्रथम नेपाली बजारमा यो सेवा ल्याएको हो । यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्ससँग साझेदारी गरेको छ । विदेश यात्रा गर्ने यात्रीलाई स्वास्थ्य बिमा निकै उपयोगी हुनेछ।

नयाँ प्रविधि अनुशरण र नविनतम वस्तु तथा सेवाको विस्तार गर्न नबिल बैंक अग्रस्थानमा रहँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ आश्विन २०७५ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App