coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रसिला र जेसिका फाइनलमा

काठमाडौं – त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र नेपाल एपिएफ क्लबकी जेसिका गुरुङ तेस्रो योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गतको महिला एकलतर्फ उपाधिनजिक पुगेका छन्।

बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा बिहीबार महिला एकलतर्फको पहिलो सेमिफाइनलमा आर्मीकी रसिला महर्जनले आफ्नै क्लबकी अमिता गिरीलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् । उनले अमितालाई २१–१५ र २१–१४ को स्कोरमा पराजित गरेकी हुन्। 

अर्को खेलमा एपिएफकी जेसिका गुरुङले पनि आफ्नै क्लबकी सुनैना मुखियालाई २–० को सेटमा पराजित गर्दै फाइनलमा रसिलासँगको भेट पक्का गरिन् । जेसिकाले २१–७ र २१–१६ को सहज जित निकालिन्  । त्यसअघि रसिलाले क्वार्टरफाइनलमा शोभा गौचन, जेसिकाले अनुमाया राईलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । अमिता गिरीले अरुणा तामाङ र सुनैना मुखियाले सीता राईलाई पराजित गरेका थिए।

रसिला र जेसिकाले गत जेठमा भएको पुष्पलाल मेमोरियल ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेलेका थिए । जसमा जेसिकाले बाजी मारेकी थिइन् । यु–१५ पुरुष एकलमा सिलक ट्रेडका प्रिन्स दाहालले कुशल शर्मालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए । शुभम् काफ्ले, सन्तोष पनेरू, मनीष दाहाल, प्रियांशु क्षेत्री, राज बर्मा, विवेक चौधरी र अनिष खतिवडा पनि आआफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै दोस्रो चरणमा स्थान बनाए। 

पुरुष युगलमा नीरविक्रम चौधरी र प्रिन्स दाहालको जोडीले अखिल श्रेष्ठ र अभिषेक बोसको जोडीलाई पराजित गर्दै अर्काे चरणमा प्रवेश गरे । यस्तै दीपक बोहोरा र जीवन आचार्यको जोडी, साजनकृष्ण ताम्राकार र विशाल प्रधानको जोडी, रुकेश महर्जन र प्रविन लिङथेपको जोडी र गौतम कठायत र सुनील जोशीको जोडीले पनि अर्काे चरणमा स्थान बनाउन सफल भए। मिक्स डबल्समा रत्नजित तामाङ र अनुमाया राईको जोडी तथा गौतम कठायत र सुनैना मुखियाको जोडी विजयी भए।

 

प्रकाशित: ५ आश्विन २०७५ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App