७ वैशाख २०८१ शुक्रबार
समाज

बसको ठक्करले दुईको मृत्यु

भक्तपुर – भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए।

घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो। प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रनाउ शर्माले जानकारी दिए। रासस

प्रकाशित: ५ आश्विन २०७५ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App