coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गायक कुमार सानु लुम्बिनीमा, परम्परागत नेपाली गीत सङ्गीतलाई संरक्षण गर्न आग्रह

भैरहवा - भारतका प्रसिद्ध गायक कुमार सानुले नेपाली लोकगीतलाई नयाँ पिढीले संरक्षण गर्नु पर्ने बताएका छन्। एक कार्यक्रममा सहभागी हुन नेपालकाे लुम्बिनी अाएका गाएक सानुले पत्रकारसँगकाे संक्षिप्त कुराकानीमा बलिउड क्षेत्रमा अाएकाे विकृतिका पछि नलागी आफ्नो परम्परागत गीत सङ्गीतलाई संरक्षण गर्न आग्रह गरेका छन्। नेपाल र नेपालीको लोक भाका, संस्कृति र गीत सङ्गीत निकै राम्रा रहेको बताउँदै उनले नेपालीहरुको मायाले गर्दा नै आफुले धेरै नेपाली गीत गाएको र नेपाल आएको बताए। उनले नेपाली सङ्गीतमा पश्चिमी संस्कृति भित्रिन नदिन युवाहरु लाग्नु पर्ने बताए। नेपालीहरु जसरी एक भएर सरल तथा लोक जीवनशैलीमा बसेका छन त्यसलाई  हलिउड, बलिउडको पछी लागेर नेपाली गीत संङ्गीतलार्इ विकृत नगर्न समेत सानुले अनुराेध गरे।

मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा शुक्रवार हुने कुमार सानु लाइभ इन लुम्बिनीमा प्रस्तुती दिन गायक कुमार सानु लुम्बिनी आएका हुन । शुक्रवार साँझ कार्यक्रम हुने भएपनि बुद्ध जन्मस्थलकाे भ्रमणका लागि उनी विहीवारै लुम्बिनी अाइपुगेका हुन्। बुद्ध जन्मभुमिमा आउनु अाफ्ना लागी सबैभन्दा ठुलो उपलब्धी भएकाे बताउँदै गायक कुमार सानुले बुद्ध जन्मभुमिमा अाउने अाफ्नाे वर्षाैकाे इच्छा पुरा भएकाेमा खुसी व्यक्त गरे।
 

 

प्रकाशित: ४ आश्विन २०७५ १६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App