८ वैशाख २०८१ शनिबार
समाज

बालाजु क्षेत्रमा विद्युत कटौती हुने

काठमाडौं - सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रवार दिनभर विद्युत कटौती हुने भएको छ। प्राधिकरण वालाजु वितरण केन्द्रका अनुसार शुक्रवार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बिद्युत कटौती हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत कटौती हुनेछ। यस्तै बालाजु–धर्मस्थली फिडरअन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत काटिने छ।

यस्तै बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने जनजागृति, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत जाने प्राधिकरणले जनाएको छ। रासस

प्रकाशित: ४ आश्विन २०७५ १५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App