८ वैशाख २०८१ शनिबार
समाज

अन्सारीको हत्यालाई गम्भिररुपमा लिएको छु : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा अज्ञात समूहले आज हत्या गरेका खुर्शिद अन्सारीको घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन्।

आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारबाहीको दायरमा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे।

भेटमा उनले भने, ‘ यो घटनालाई मैले गम्भिर रुपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याईछाड्छौं।’

उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रष्ट पारे।

उनले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयलाई संयमित हुन समेत आग्रह गरे।

संगठनका प्रतिनिधहरुले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षहरु देखि भईरहेका आक्रमणकै श्रृंखलाको रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गनुपर्ने बताए। उनीहरुले मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भिर हुनुपर्नेमा समेत जोड दिए।

 

प्रकाशित: ४ आश्विन २०७५ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App