coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कार्गाे माेटरसाइकल दुर्घटनामा ४ बालबालिकाकाे मृत्यु

काठमाडाैं - नेदरल्याण्ड्समा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ। विहीवार भएको दुर्घटनामा अन्य दुई घाइते भएका छन्। माेटरसाइकलमा राखेर उनीहरुलार्इ केयर सेन्टरमा लग्दै गर्दा दुर्घटना भएकाे हाे। उनीहरु डच डे केयर सेन्टरका विद्यार्थी रहेका अधिकारीहरुले बताएका छन्। घाइते भएका एक विद्यार्थी र महिलाकाे अवस्था समेत चिन्ताजनक रहेकाे प्रहरीले बताएकाे छ। 

दुर्घटना जर्मनीकाे सिमाक्षेत्र नजिक रहेकाे ओएसएसकाे दक्षिणी बजारमा भएको हाे। यस्ताे प्रकारकाे कार्गाे माेटरसाइकल नेदरल्याण्ड्समा विशेष गरी बालबालिका तथा सामान अाेसार्न प्रयाेग गर्ने गरिन्छ। घटना कसरी घट्न पुग्याे भन्ने बारे अाफुहरुले अनुसन्धान गरिरहेकाे प्रहरीले बताएकाे छ।

 

प्रकाशित: ४ आश्विन २०७५ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App