coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दीपकराज जोशीलाई महाअभियोग लगाउने नेकपाको तयारी, हस्ताक्षर संकलन सुरु

काठमाडौं- संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी सर्वोच्च अदालत फर्केपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले महाअभियोग लगाउने तयारी गरेको छ।

नेकपाका सांसदहरुसँग हस्ताक्षर समेत संकलन गरिएको छ। संसद भवनमा नेकपाका प्रमुख सचेतक देव गुरुङले हस्ताक्षर उठाएका थिए। यस्तै दलको कार्यालयमा समेत सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलन गरिएको छ। 'खाली कागजमा हस्ताक्षर गरिएको छ', एक सांसदले भने, 'सम्भवत महाअभियोकै प्रयोजनका लागि हो।'

महाअभियोगको तयारीको लागि हस्ताक्षर सुरु भएको भन्दै आफुलाई फोन आए पनि काठमाडौं बाहिर भएकोले आफु उपस्थित हुन नसकेको नेकपाका एक सांसदले बताए।  

जेठ २९ मा संवैधानिक परिषद्ले जोशीलाई वरिष्ठता र कार्यदक्षताका आधारमा प्रधानन्यायाधीश बनाउन सिफारिस गरे पनि सुनुवाई समितिले साउन १८ गते उनलाई अस्वीकृत गरेको थियो।

जोशीको नाम अनुमोदन नभएपछि भदौ ७ गते संवैधानिक परिषदले ओम प्रकाश मिश्रलाई प्रधानन्यायाधीमा सिफारिस गरेको थियो। भदौ २५ गते सुनुवाई समितिले मिश्रको नाम अनुमोदन गरेपछि सोही दिन राष्ट्रपति समक्ष उनले सपथ लिएका थिए। मिश्र प्रधानन्यायाधीश भएपछि सोही साँझ कार्यभार सम्महाल्न सर्वोच्च पुगेका थिए भने उनको स्वागतमा जोशी पनि सर्वोच्च पुगेका थिए। दोस्रो दिन जोशीको नाममा पेशी तोकिएको थियो।

एक तिहाई सांसदको हस्ताक्षर सहित महाअभियोगका लागि प्रस्ताव दर्ता गर्न सकिने संविधानमा व्यवस्था छ। प्रस्ताव दर्ता भएपछि पदमा भएको व्यक्ति निलम्वन हुने छन्।

 

प्रकाशित: ४ आश्विन २०७५ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App