७ वैशाख २०८१ शुक्रबार
समाज

चार दिनदेखि ठप्प यातयात सुचारु

यातयात सेवा सूचारु भएसँगै धादिङबेसी स्थित बीचबजारमा टिकट काट्दै यात्रुहरू ।   तस्बिरः सरिता/नागरिक

धादिङ – धादिङमा चार दिनदेखि ठप्प यातयात सेवा संचालनमा आएको छ। मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग राख्दै सवारी चालकहरु हडतालमा उत्रिएपछि धादिङ जिल्लाको यातायात सेवा ठप्प भएको थियो। गत सोमबारदेखि ठप्प यातयात सेवा बिहीबार मध्यान १२ बजेदेखि सूचारु भएको छ।

यातयात सेवा ठप्प हुदाँ काम विशेषले यात्रा गर्ने र बिरामीहरूले सास्ती व्यहोर्नु परेको थियो। यातयात सेवा संचालनसँगै काठमाडौं, पोखरा, चितवन लगायतका ठाउँमा जाने यात्रुहरुलाई सहजता भएको छ। ठप्प भएको राजमार्ग क्षेत्रमा पनि सवारी साधनको चाप बढेको छ भने बजार क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ।   

सर्वसाधारण जनताको दुख र सास्तीलाई मध्यनजर गर्दै यातयात सेवा सूचारु गरेको संघर्ष समितिका सदस्य प्रकाश सिम्खडाले बताए। ‘नजिकिदै गरेको चाडपर्व र यात्रुहरूको कठिनाइलाई मध्यनजर गर्दै सवारी सूचारु गरेका हौँ, सिम्खडाले भने, ‘सवारी चालकहरुको हडताल भने जारी नै छ।’ वर्तमान सवारी तथा यातयात व्यवस्था ऐन २०४९ को वर्तमान संशोधित अवस्थामा केही व्यवस्थाहरु चालक र परिचालकहरुको हकहित विरुद्ध भएको भन्दै सवारी चालकहरु हडतालमा उत्रिएका थिए। 

यातयात संचालनमा अवरोध गरेको भन्दै पक्राउ परेका १२ जनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए। विभिन्न १३ बुदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई बुझाएको लाइसेन्स बुझ्दै यातयात चलाउन सुरु गरेका छन्। धादिङमा संचालित यातयात संस्था ग्रामीण यातयात, धादिङ यातयात तथा माइक्रो गरी दुई सय भन्दा बढी सवारी चालकहरु हडतालमा उत्रिएका थिए।  

प्रकाशित: ४ आश्विन २०७५ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App