सर्पको समस्या बढ्दै

बिहिबार, ०४ असोज २०७५, १५ : ०७ नागरिक संवाददाता

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सप्तमनी राईलाई साउन २० गते सर्पले टोक्यो। फूलबारी गोलमेल गर्नेक्रममा अन्धा सर्पले दाहिने हातको औंलामा टोकेपछि राई उपचारका लागि ४ दिन जिल्ला अस्पताल दिक्तेलमा बसे।

उपचारपछि ‘नन पोइजन’ सर्पको टोकाइको चोट ठीक भएपनि त्यसको असर अझै निको नभएको राईले बताए। यस्तै, सर्पले टोक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६५ वर्षीय हबिनारायण घिमिरे घाइते भए। सर्पले टोकेपछि घिमिरे साउन १८ गते जिल्ला अस्पतालमा भर्ना भएका थिए। केही दिनको उपचारपछि घिमिरे ठिक भएर घर फर्किएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताए। जिल्ला अस्पतालका अनुसार साउन महिनाभित्र मात्र सर्पले टोकेका पाँच बिरामी उपचारमा आइसकेका छन्।

साउनभित्र दिक्तेल आसपासबाट ३ जना, लामीडाँडा गाउँपालिकाबाट १ जना र निर्मलीडाँडाबाट १ जना बिरामी उपचारमा आएका हुन्। घरैमा घरेलु उपचार गर्ने र जिल्ला बाहिरका अस्पतालमा जाने बिरामी पनि उत्तिकै छन्। वर्षायाममा प्रशस्त मात्रामा जताततै झाडी हुने भएकाले सर्पको बिगबिगी हुने गरेको जिल्ला अस्पतालका प्रमुख डा. केसीले बताए। सर्पले टोकेका बिरामीको बेलामा उपचार नभए अकालमै ज्यान समेत जाने भएकाले चाँडोभन्दा चाँडो उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

पहाडी क्षेत्रमा ‘पोइजन’ भन्दा ‘नन पोइजन’ सर्प बढि पाइने गरे पनि हिँडडुल गर्दा सावधानी अपनाउनुपर्ने डा. केसी बताउँछन्। ‘यो समयमा जताततै झाडी हुन्छ। बढि मात्रामा सर्प हिँडडुल गर्ने सिजन पनि यही हो,’ डा. केसीले भने, ‘त्यही भएर हिँडडुल गर्दा, घाँस दाउरा गर्दा सावधानीपुर्वक गर्नुपर्ने हुन्छ।’

सर्पले टोक्दा पहाडमा पनि बेला–बेलामा स्थानीयको मृत्यु भएको घट्ना सार्वजनिक भइरहँदा जिल्ला अस्पतालले भने सर्पको टोकाईबाट मृत्यु भएको तथ्यांक नभएको जनाएको छ। जिल्ला अस्पतालका अनुसार आर्थिक वर्ष २०७३–०७४ मा सबैभन्दा बढि ७१ जनालाई सर्पले टोकेको थियो। यस्तै, आर्थिक वर्ष २०७२–०७३ मा ४७ जना र आर्थिक वर्ष २०७४–०७५ मा सर्पले टोकेका ३३ बिरामी भर्ना भएको जिल्ला अस्पतालले जनाएको छ। अन्धा, हरेउ, सिरिसे लगायतका सर्प पाइने पहाडी क्षेत्रमा पाईप तथा सवारी साधनमार्फत तराईबाट विषालु सर्प समेत आइपुग्ने गरेको छ।

उपचारमा आएका बिरामीमध्ये कतिपय भने विषालु सर्पले टोकेका पाइनुले यसको पुष्टी हुने स्वास्थ्यकर्मी बताउँछन्। सर्पको टोकाईबाट बच्नका लागि जुत्ता लगाएर मात्र हिँडडुल गर्न, सावधानी अपनाएर रुख चढ्न, घाँस दाउरा गर्न, अँध्यारोमा बत्ती बालेर मात्र हिँडडुल गर्नुपर्ने डा. केसीको सुझाव छ। 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...