८ वैशाख २०८१ शनिबार
समाज

ट्रिपरकाे ठक्करले बालकको मृत्यु

उदयपुर – ट्रिपरले ठक्कर दिँदा सडकमा हिड्दै गरेका एक बालकको बुधबार राति ज्यान गएको छ। धरान–चतरा–गाइघाट–हेटौंडा बैकल्पिक लोकमार्गको गाईघाट–मुर्कुची खण्डमा पर्ने कौवाइमा बालुवा बोकेको ना १ क ७९०७ नम्बरको ट्रिपरको ठक्करबाट पैदल हिँड्दै गरेका त्रियुगा नगरपालिका ७ का १२ वर्षीय रोशन कार्कीको मृत्यु भएको हो। 

बुधबार साझ ७ः०० बजे दिएको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिदै थियो। तर, धरान पुर्याउन नपाई राति ९ः०० बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार रोशन स्थानीय मीनवहादुर कार्कीका छोरा हुन्। बैकल्पिक लोकमार्गको सामान ढुवानी गर्ने कार्यमा सञ्चालित ट्रिपर लोकमार्गको पूर्वी खण्डको निर्माण ठेकेदार जेडआइसीई लामा–शर्मा जेभीको हो। बालकलाई ठक्कर दिने टिफर चालकसल्यानका कलेन्द्र साहु पनि पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

घट्नालगत्तै फरार रहेका चालक साहलाई खोज तलासको क्रममा राति ९ः०० बजे नै पक्राउ गरिएको एसपी राईले बताए। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको छ। 

प्रकाशित: ४ आश्विन २०७५ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App