coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उडिरहेको जहाजमा यात्रुको कान र नाँकबाट रगत बग्न थालेपछि

मुम्बइ – बिमानचालकको लापरवाहीका कारण भारतको जेट एयरवेजमा उडिरहेका यात्रुको नाँक र कानबाट रगत बग्ने अवस्था आयो।

विहिबार बिहान भारतको मुम्बइबाट जयपुरका लागि उडेको जेट एयरको बी७३७ विमानका चालक दल सदस्यले विमान भित्रको वायु चाप सन्तुलन गराउने स्विच नखोलेपछि यात्रुहरुको नाँक र कानबाट रगत बग्न थालेको थियो।

विमानमा सवार १६६ यात्रुमध्ये ३० जनामा रगत बग्ने समस्या आएको भारतीय सञ्चारमाध्यम हिन्दुस्थान टाइम्सले जनाएको छ। विमानमा सवार केही यात्रुले उक्त घटनाको तस्बिर तथा भिडियो समाजिक सञ्जालमा राखेका थिए।

विमान उडेको केही समयमै यात्रु अलालिन थालेपछि उनीहरुले सुरक्षाका लागि अक्सिजन ग्यास मास्क लगाएका थिए। घटनापछि विमानलाई तत्काल मुम्बई विमानस्थलमा फिर्ता ल्याइएको थियो।

लापरवाही गर्ने चालकदलमाथि तत्काल अनुसन्धान थालिएको एयरवेजले जनाएको छ। यससंवन्धमा छानविन गर्न भारतको नागरिक उड्डयन मन्त्रालयले मातहतका विभागलाई निर्देशन दिइसकेको छ।  
 

 

प्रकाशित: ४ आश्विन २०७५ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App