७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान दिवसको अवसरमा निकाएलिएको र्‍यालीमा मोर्चाको हस्तक्षेप

रौतहट- संविधान दिवसको अवसरमा रौतहट सदरमुकाम गौरमा निकालिएको र्‍यालीमा मधेसी मोर्चाका कार्यकर्ताले हस्तक्षेप गरेका छन्। प्रमुख जिल्ला अधिकारी नरहरि बराल र जिल्ला प्रहरी प्रमुख डा. गणेश रेगमी सहभागी उक्त र्‍यालीमा मोर्चा कार्यकर्ताले हस्तक्षेप गरेका हुन्।

मोर्चाका कार्यकर्ताले हस्तक्षेप गर्न खोज्दा प्रहरीसँग सामान्य झडप पनि भएको थियो। उनीहरुले नयाँ संविधान मुर्दावाद भन्दै नारबाजी गरेका छन्।

सद्‍भावनाका केन्द्रीय सहमहासचिव अजय गुप्ता, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनिवास यादव र तमलोपाका नेता अनिल सिंहलगायतको उपस्थितिमा नेपालको संविधान २०७२ जलाइएको थियो।

प्रकाशित: ३ आश्विन २०७३ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App