coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्व सेनापति क्षत्रीलाई छानविन गरियोस् : त्रिपाठी

काठमाडौं- सांसद हृदयस त्रिपाठीले सेनालाई व्यापारमा लगाउनु गलत भएको बताएका छन्। संसदको विशेष समयमा बोल्दै त्रिपाठीले सेनाले व्यापार गर्दा व्यवसायीक कुरामा आँच आउने बताए। भर्खरै निवृत्त प्रधान सेनापति राजेन्द्र क्षत्रीकाबारेमा पत्रपत्रिकामा धेरै कुरा आएको भन्दै उनका बारे छानविन गर्न समेत त्रिपाठीले माग गरे।

सुन काण्ड र निर्मला पन्त प्रकरणमा प्रहरीको हौसला गुमेको भन्दै उनले सेनाको पनि यस्तो स्थति आउन सक्नेमा सचेत हुन आग्रह गरे।

निजगढ विमास्थलको डिपिआर तयार नहुँदै रुख कटानमा हतार भएको भन्दै उनले आपत्तप प्रकट गरे। 'अहिलेसम्म डिपिआर तयार भएको छैन, कति लागत लाग्छ त्यो आइसकेको छैन रुख काट्न किन हतार?', उनको प्रश्न थियो।

विमानस्थल निर्माणमा लगानीको स्रोत के हो त्यसमा तयारी नै नगरी रुख कटानमा जोड दिँदा समस्या आउन सक्ने उनको भनाई छ। रुख कटानी गरेर काम हुन नसकेका थुप्रै उदाहरण भएको भन्दै उनले योजना बनाएर काम गर्न आग्रह गरे।

उनले उखु किसानले भुक्तानि नपाएको मा पनि सरकारको ध्यानाकर्षण गराउँदै आउँदो दसैमा चीनको मुल्य बढाउन खोजिको बताए। 'विदेशबाट सस्तोमा चिनि ल्याएर राखिएको छ', उनले भने, 'व्यापारीले दसैं कुरेका छन्। सरकार सचेत होस्।'

प्रकाशित: ४ आश्विन २०७५ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App