coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फर्निचर र फर्निसिङमा आकर्षण

काठमाडौं - ‘व्यक्ति राम्रो सिंगारपटारले । घर सुन्दर डेकोरेसनले ।’ ड्रेसअपले व्यक्तित्व झल्काउँछ भने डेकोरेसनले घर तथा अफिसको शोभा बढाउँछ । घर, कोठा, बेड रुम, किचन र अफिस सजावट राम्रो भएन भने काममा स्फुर्ति नहुन सक्छ।

त्यसका लागि हरेक व्यक्तिले घर र अफिसको सजावटलाई प्राथमिकतामा राखेका छन् । फर्निचर र फर्निसिङका सामानले आकर्षण बढाउने भएकाले यसको व्यवसाय फस्टाउँदै गएको छ । घर, अपार्टमेन्ट, अफिस,  रेस्टुरेन्ट, होटल, अस्पताल, विद्यालय सरकारी तथा गैर सरकारी संस्थाका कार्यालय, व्यापारिक प्रतिष्ठान, फर्निचर नचाहिने सायद कुनै क्षेत्र छैन।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अनुसार फर्निचर तथा फर्निसिङको वार्षिक व्यापार करिब ३५ अर्ब रुपैयाँ पुगेको छ । ‘गत वर्ष ३२ अर्बको व्यापार भएकामा यो वर्ष ३५ अर्ब पुग्ने निश्चित छ,’ महासंघका अध्यक्ष कविन्द्र जोशीले भने, ‘हरेक वर्ष कारोबार बढिरहेको छ ।’ उपभोक्ताको फर्निचर तथा फर्निसिङ प्रयोग बढ्दो छ।

व्यवसायीका अनुसार फर्निचर तथा फर्निसिङको वार्षिक व्यापार करिब ३५ अर्ब रुपैयाँ पुगेको छ । तथ्यांकले मुलुकमा यो व्यवसाय दिनानुदिन फस्टाएको देखाउँछ । घरमा प्रयोग हुने फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज प्रयोग गर्ने क्रम बढेको व्यवसायीको भनाइ छ।

तथ्यांकले मुलुकमा यो व्यवसाय दिनानुदिन फस्टाएको देखाउँछ । घरमा प्रयोग हुने फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज प्रयोग गर्ने क्रम बढेको व्यवसायी बताउँछन् ।  स्वदेशी उत्पादनले नथेगेर नेपालमा चीन, भारत, मलेसिया, थाइल्यान्ड, टर्कीलगायत देशबाट पनि फर्निचर तथा फर्निसिङका सामान आयात भइरहको छ । अहिले बजारमा स्वदेशी र विदेशबाट आयातित फर्निचरको हिस्सा लगभग ५०–५० प्रतिशत रहेको व्यवसायी बताउँछन्।

बजारमा गुणस्तरीय सामान रहेको व्यवसायीको दाबी छ । कर्पोरेट कल्चरको विकाससँगै सरकारी तथा निजी प्रतिष्ठानले पनि डेकोरेसनलाई उच्च प्राथमिकता राखेका छन् । सामान खरिद गरेरमात्र हुँदैन । त्यसको सजावटले सुन्दरता बढाउने भएकाले इन्टरेयिर डिजाइनलाई पनि प्राथमिकता दिने गरेका छन्।

उपभोक्ताले सहज रुपमा आफूलाई मनपर्ने सामान खरिद गर्न र इन्टेरियर डेकोरेसनबारे जानकारी लिन सकुन् भनेर फर्नेक्स मेला आयोजना गरेको फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष राजेश अग्रवालले बताए । ‘स्वदेशी तथा विदेशी सामग्री एकै ठाउँमा अवलोकन तथा खरिद गर्ने व्यवस्था मिलाएका छौं,’ अग्रवालले भने।

घर तथा अफिसका कोठाको साइज, बनोटको आधारमा डिजाइनरले सेटिङ मिलाउँछन् । त्यसले आकर्षण बढाउँछ । आर्थिक सम्पन्नतासँगै लाखौं रुपैयाँ खर्चर गरेर आफ्नो बासस्थान र कार्यालयलाई आकर्षक बनाउने प्रचलन बढेको छ । हरेक वर्ष व्यवसाय फस्टाउँदै गएको छ।

वार्षिक १० देखि १५ प्रतिशतले खपत बढिरहेको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका एसोसिएट सदस्य अजय घिरैयाले बताए । घिरैयाका अनुसार फर्निचर तथा फर्निसिङ व्यवसायमा स्वदेशी लगानी पनि बढिरहेको छ । स्वदेशी उद्योग पनि फस्टाउँदै छन् । म्याट्रेस उत्पादनमा सानाठूला गरेर १४–१५ वटा उद्योग रहेको नेपाल फर्निचर तथा फर्निसिङ संघका प्रवक्ता ओम बस्नेतले बताए।

विदेशी प्रविधि भित्राउन सरकारले सघाउनु पर्ने व्यवसायीको माग छ । व्यवसायीले यो क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेका छन् । उनीहरुले न्यूनतम पाँच लाखदेखि १० करोड रुपैयाँ लगानी गरेर उद्योग सञ्चालन गरेका छन् ।  करोडौं रुपैयाँ लगानी गरे पनि राज्यले संरक्षण नगरेको एएफई होम डेकोरेसन प्रालिका रवीन फुयालले बताए । ‘स्वदेशी उद्योगमा अझै उच्चस्तरको प्रविधि भित्रिन सकेको छैन,’ उनले भने, ‘सरकारले प्रविधि भिœयाउन सहयोग गर्नुपर्छ ।’ सरकारी निकायले स्वदेशी उद्योगलाई प्रोत्साहन नगरेको व्यवसायीको गुनासो छ । सरकारी कार्यालयहरुमा स्वदेशी फर्निचर प्रयोग गनुपर्ने माग व्यवसायीको छ । स्वदेशी उद्योगले गुणस्तरीय उत्पादनसँग ब्रान्डिङलाई पनि प्राथमिकता दिन थालेका छन्।

कच्चा पदार्थको अभाव
फर्निचर तथा फर्निसिङ व्यवसाय फस्टाउँदै गएको भए पनि कच्चा पदार्थको अभाव रहेको व्यवसायी बताउँछन् । फर्निचर उद्योगको सम्भावना रहे पनि कच्चा पदार्थ अभावले विदेशबाट फर्निचरका सामान आयात भइरहेका छन् । सरकारले फर्निचर उद्योगलाई पर्याप्त काठको व्यवस्था गर्न सके स्वदेशमै गुणस्तरीय र आकर्षक डिजाइनका फर्निचर तयार गर्न सकिने उद्योगी बताउँछन्।

सरकारले काठको व्यवस्था गरे फर्निचर उद्योग आत्मनिर्भर हुने नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका संस्थापक अध्यक्ष सुरेन्द्र शारडा बताउँछन् । ‘फर्निचर उद्योगले काठ पाउनै मुस्किल छ,’ उनले भने, ‘ सरकारले काठ उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्छ ।’ स्वदेशमा वन क्षेत्र प्रसस्त रहे पनि विदेशबाट काठ आयात भइरहेको छ।

आर्थिक वर्ष ०७४÷७५ मा मात्रै पौने ६ अर्ब रुपैयाँको काठ आयात भएको भन्सार विभागले नजाएको छ । विभागका अनुसार भारत, चीन, इन्डोनेसिया, मलेसिया, म्यान्मार, सिंगापुर र युक्रेन लगायत मुलुकका काठसहित काठजन्य सामग्री आयात भएको हो । मुलुकभित्र काठ जंगलमा कुहिए पनि विदेशबाट काठ ल्याउनु परेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । उद्योगीले समस्या समाधानका लागि वनमन्त्री, उद्योग तथा वाणिज्य मन्त्रीलाई भेटेर समस्याबारे जानकारी गराएको बताए । ‘कच्चा पदार्थ अभावले आयातित फर्निचर बढेको छ,’ उनले भने । सरकारले फर्निचर उद्योगीलाई जंगलबाट सिधैं काठ चिरेर ल्याउन दिने हो भने उद्योग फस्टाउने बताउँछन् । उद्योग सञ्चालनका लागि जग्गाको अभाव रहेको व्यवसायी बताउँछन् । सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रमा रहेको खाली जमिन फर्निचर उद्योगलाई दिनुपर्ने उद्योगीको माग छ । बस्ती नजिक हुँदा रातको समयमा काम गर्न नपाएकाले समस्या भएको गुनासो गर्छन्।

फर्निचर उद्योगमा जनशक्ति अभाव
फर्निचर उद्योगमा कामदार अभाव रहेको छ । यहाँका युवा रोजगारीका लागि विदेश गएका छन् । फर्निचर तथा फर्निसिङ उद्योगमा अधिकांश कामदार विदेशी रहेका छन् । फर्निचर उद्योगमा करिब ९० प्रतिशत कामदार भारतलगायत मुलुकका रहेको संघले जनाएको छ । दक्ष जनशक्ति अभावले उद्योग सञ्चालनमा कठिनाइ भएको व्यवसायीको गुनासो रहेको छ । उद्योगले रोजागरीको सुनिश्चितता गर्ने भएकाले सरकारले प्रशिक्षण केन्द्रमार्फत तालिम दिनुपर्ने व्यवसायीको भनाइ छ । मुलुकमा १५ हजारभन्दा बढी फर्निचर उद्योग रहेका छन् । एक लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी पाएको महासंघका जोशीले बताए । ‘विदेशबाट कामदार ल्याएर काम गराउनु पर्ने अवस्था छ,’ उनले भने, ‘सरकारले तालिम केन्द्र सञ्चालन गर्नुप¥यो ।’ ‘रोजगारीको ग्यारेन्टी हामी गर्छौं,’ उनले भने।  

आकर्षण बढाउन इन्टेरियर डिजाइन
सबैले आफ्नो घर, अफिस आकर्षक होस् भन्ने चाहना भएकाले नयाँ सेटिङमा इन्टेरियर डेकोरेसनमा ध्यान दिनुपर्ने व्यवसायी बताउँछन् । डेकोरेसन बस्ने ठाउँ सुन्दर हुँदा तनाव कम हुने चिकित्सक बताउँछन् । सामग्री भएरमात्र हुँदै सजावटमा पनि ध्यान दिनुपर्छ । घरभित्र र बाहिर लगाउने रंगको कम्बिनेसन मिलाउनु पर्छ।

घर तथा अफिसको सजावटमा इन्टेरियर डिजाइनमा ध्यान दिनुपर्ने  इन्टेरियर कम्पनी प्रालिका कुमार महर्जनले बताए । घर र अफिसको डेकोरेसनले थकान र तनावलाई बिर्साउँछ । रातीको समयमा लाइटको कलरले पनि बेडरुमलाई शोभायममान बनाउँछ ।  इन्टरेरियर डिजाइनरले कुन सामान कहाँ, कसरी राख्ने भन्ने व्यवस्थापन गर्छन् । स्पेस कम भएको ठाउँमा पनि फर्निचर सजावट, कार्पेट, मार्बल, सिलिङ, भित्ताको रंगलाई व्यवस्थित गरेर आकर्षक बनाउँछन् । पूराना घरलाई पनि इन्टेरियर डिजाइन गरेर स्वरुप बदल्छन् । वास्तुशास्त्र मिलाउँछन् । घरको बाहिर र भित्रको रङ, पर्दा, बेड, सोफा, टेबुल, दराज व्यवस्थापनमा ध्यान दिइन्छ । त्यसको व्यवस्थापन इन्टरेरियर डिजाइजनरले मिलाउन सक्छन्।

प्रकाशित: ४ आश्विन २०७५ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App