लहान– संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको राष्ट्रिय जनता पार्टी नेपालले बुधबार सिरहा सदरमुकामसहितका बजारमा कालो झण्डासहित बृहत प्रदर्शन गरेको छ।
दिउँसो लहानमा आएका प्रदेश २ का वन तथा वातावरण मन्त्री रामेश्वर राय यादव आफ्ना अंगरक्षकसहित विरोध जुलुसमा सहभागी भएका थिए। कालो झण्डासहित राजपाका नेताकार्यकर्ताहरु सहभागी जुलुस नगर परिक्रमा पछि सहिद चोकमा समापन भएको थियो।
प्रदर्शनमा राजपाका केन्द्रीय सदस्य राकेश झा सहितका नेताहरु सहभागी थिए। लहानमा प्रदर्शन पश्चात मन्त्री यादव सिरहा सदरमुकाममा भएको प्रदर्शनमा सहभागी भएका थिए। मधेस आन्दोलनका अगुवा किशोरी यादव सहितका मधेसी नेता कार्यकर्ताहरु सहित मन्त्री यादव आफ्ना अंगरक्षक सहित कालो झण्डा सहितको प्रदर्शनमा सहभागी भएका थिए।
प्रदर्शन पश्चात अयोजित कार्यक्रममा मन्त्री यादव, मधेस आन्दोलनका अगुवा किशोरी यादव सहितका नेताहरुले मधेशी जनताको माग बमोजिम संविधान संशोधन नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा मनाउने बताए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...
एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...
यसमा तपाईको मत