coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

असहायमाथि याे कस्तो व्यवहार!

काठमाडौ – मुस्कान सहितको सेवा भन्ने नारालाई नेपाल प्रहरीको यो व्यवहारले लज्जित बनाएको छ। याे भिडियाे हाे, गत साेमवार बिहान गोंगबुको विजीमल नजिक रहेको शिव मन्दिर अगाडि रहेका पसल अगाडिको।

प्रहरी र पसलेहरु एक जना असहायमाथि सोमबार बिहानै खनिएका बेला पत्रकार दिल निशानी मगरले माेवाइलमा कैद गरेका हुन्। उनले आफ्नो फेसबुकमा भिडियो सहित लेखेका छन्, यी दृश्य लिंदा मेरा हात काँपे।

दृश्य हेर्दा लाग्छ, उनी ठूलै अपराधी हुन् अनि प्रहरी र पसले खनिएका छन्। निशानीका अनुसार पिटाइ खाने व्यक्ति मानसिक रुपमा असन्तुलित लाग्छन् र उनले आफ्नो नाम र ठेगाना बताउन पनि सक्दैनन्। 

यी व्यक्ति पसल अगाडि सुत्थे। यसले पसले आउँदा मुड खराव हुन्थ्थो। त्यसैले यी व्यक्तिमाथि पानी खनाइन्थ्यो। र भगाइन्थ्यो। स्थानीयका अनुसार रिसमा यी युवकले मुख छाड्थे तथानाम गाली गर्थे।  
स्थानीयको कुटपीट त थियो नै। उनीहरुले प्रहरी बोलाए। अशक्त व्यक्तिको संरक्षण गर्ने राज्यको दायित्व बिर्सेर प्रहरी पनि असहाय माथि खनिएको पटक्कै सुहाएन।

नागरिकन्यूजले याे घटनाबारे महानगरीय प्रहरी प्रभाग गोंगवुमा सम्पर्क गर्यो। तर तयारी जवाफ आयो, जानकारी छैन। सायद यो भिडियो हेरेपछि जानकारी राखेर व्यवहार सुधार्न कुनै प्रयास हुन्छ कि!

प्रकाशित: ३ आश्विन २०७५ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App