coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपेन्द्र यादव एक्लै हिड्न खोज्दै छन : नेता ठाकुर

बारा - राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव मधेशी जनताको भावना विपरित एक्लै हिड्न खोजेको आरोप लगाएका छन्। संविधान दिवसको विरोधमा बाराको सदरमुकाम कलैयामा बुधवार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता ठाकुरले प्रतिनिधि र प्रदेश सभाको चुनावमा मधेशी जनताले राजपा र संघीय समाजवादी फोरमलाई मिलेर जानका लागि अत्याधिक मत दिए पनि उनीहरुले दिएको मत र समर्थन विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए।

केपी ओली नेतृत्वको संघीय सरकारमा फोरम हामीलाई बाइपास गरेर एक्लै सरकारमा गएको र अहिले मधेशीले अधिकार नपाएकोले संविधानको विरोध गर्न भन्दा उपेन्द्रले नमानेको आरोप नेता ठाकुरले लगाए। मधेशी जनताले लोकतन्त्रका लागि वर्षौ देखि लडाई लड्दै आएपनि सही लोकतन्त्र नआएको भन्दै नेता ठाकुरले  सच्चा लाेकतन्त्रका लागि आन्दोलन गर्न जरुरी रहेको बताए।

जारी गरिएको संविधानले देशमा रहेका विभिन्न समुदायलाई कित्ताकित्तामा विभाजन गरेको कारणले धेरै समुदायको असन्तुष्टी रहेको र असन्तुष्टीले कुनै बेला पनि देशमा विद्रोह हुन सक्ने चेतावनी नेता ठाकुरले दिए। मधेशी जनजाति माथि शासक वर्गले वर्षौ देखि विभेद गर्दै आएको र अहिले पनि विभेद गर्ने निति नहटेकोले सामन्तीहरुको अन्त्यको लागि विभेदमा परेका जनता एक भएर आन्दोलन गर्नुको विकल्प नरहेको नेता ठाकुरले बताए। 
 

 

प्रकाशित: ३ आश्विन २०७५ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App