७ वैशाख २०८१ शुक्रबार
अर्थ

पुनः श्रम स्वीकृति : कर्मचारी सुस्त, कामदारलाई सास्ती (भिडियाे)

काठमाडौं– वैदेशिक रोजगारीको लागि कतारमा रहेका सिरहाका सफिक शेख वर्षमा कम्तिमा एक पटक नेपाल आउने गर्छन्। कतारको एक कम्पनीमा १३ वर्षदेखि काम गरिरहेका शेखलाई आफू काम गर्ने कम्पनीमै काम गर्न जान लिनुपर्ने पुनः श्रम स्वीकृतिको पीडाले सधैं पिरोल्छ। हालसम्म करिब १२ पटक पुनः श्रम स्वीकृति लिएर कतार गएका शेखसँग बिना सास्ती श्रम स्वीकृति लिएको अनुभव छैन। 

एक पटक वैदेशिक रोजगारीमा गएका नेपाली छुट्टिमा घर फर्किएर फेरि सोही कम्पनीमा काम गर्न जान पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्थालाई सरकारले सहज नबनाउँदा शेख जस्ता सयौं कामदार दैनिक श्रमग्राम ताहाचलमा अनेकन कष्ट झेल्न बाध्य छन्। 

वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक पूर्णचन्द्र भट्टराईले विदेशबाट फर्किएका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुनः श्रम स्वीकृति दिने गृहकार्य अघि बढाएपनि हालसम्म सो योजना कागजमै सिमित छ। त्यस यता विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका हरेक महानिर्देशक र मन्त्रीले पद बहाली गर्दा प्राथमिकतामा पर्ने पुनः श्रम स्वीकृतिलाई सहजीकरण गर्ने विषय व्यवहारमा भने हालसम्म देख्न पाइएको छैन। तर वैदेशिक रोजगार विभागका महानिर्देशक दीलिप कुमार चापागाईं पुनः श्रम स्वीकृतिलाई सरलीकरण गर्ने गृहकार्य विभागले गरिरहेको दावी गर्छन्।

प्रकाशित: ३ आश्विन २०७५ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App