८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान दिवस : पैसा दिएर राउटेलाई र्‍यालीमा ल्याइयाे

सुर्खेत - राउटे मुखिया वीरबहादुर शाहीलाई संविधान के हो भन्ने जानकारी छैन्। नेपाली नागरिकता समेत नबनाउने यो समुदाय जंगलमा फिरन्ते जीवन बिताउँछ। यहीँ समुदायलाई दैलेखको एक गैरसरकारी संस्था र स्थानीय तहले संविधान दिवसमा सहभागी गराउन मंगलबार बेलुका प्रदेश राजधानी वीरेन्द्रनगर ल्यायो।

‘तीन लाख रुपैयाँ दिन्छौं भनेपछि १५ जनाको टोली बस्तीबाट यहाँ (वीरेन्द्रनगर) सम्म आएका हौं’ कार्यक्रम समापनपछि मुखिया दिलबहादुरले भने, ‘अहिलेसम्म पैसा हात परेको छैन्।’

सामाजिक सेवा केन्द्र (सोसेक) र गुराँस गाउँपालिकाको ब्यानरमा उनीहरु मंगलगढी चोकदेखि खुलामञ्चसम्म आयोजना गरिएको र्‍यालीमा सहभागी बने। खुलामञ्चमा तीन मिनेटको नृत्य प्रदर्शन गरे। तीन लाख रुपैयाँ दिने शर्तमा आफूहरु र्‍यालीमा सहभागी बनेको मुखिया शाहीले बताए। ‘तीन लाख रुपैयाँ दिन्छौं भनेपछि १५ जनाको टोली बस्तीबाट यहाँ (वीरेन्द्रनगर) सम्म आएका हौं’ कार्यक्रम समापनपछि मुखिया दिलबहादुरले भने, ‘अहिलेसम्म पैसा हात परेको छैन्।’

गुराँस गाउँपालिका ८ दैलेखको पाखापानीमा बस्दै आएका राउटे समुदायका १५ जनालाई सोसेकले अघिल्लो दिननै वीरेन्द्रनगर ल्याएको थियो। राउटे समुदायलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति सुर्खेतले खान र बस्नको व्यवस्था गरेको थियो। आफूहरु कुन कार्यक्रममा सहभागी भएका छौं भन्ने जानकारीसम्म उनीहरुलाई थिएन्। ‘पैसा र जुत्ता दिन्छौं भनेकाले आएका हौं’ राउटे युवा लोकेन्द्र शाहीले भने, ‘कार्यक्रम के हो थाहा छैन्।’  प्रदेश सरकारले संविधान दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरे अनुसार मध्यपश्चिमको पहिचानको रुपमा रहेको राउटे समुदायलाई पनि सहभागी गराइएको हो।

सोसेकका अध्यक्ष हिरासिंह थापाले राउटे समुदायलाई पैसा दिएर ल्याइएको स्वीकारे। ‘सुरुमा दुई लाख ५० हजार रुपैयाँ उनीहरुले मागेका थिएँ’ अध्यक्ष थापाले भने, ‘नियमित भत्ता र खाद्यान्न दिइराख्ने भएकाले धेरै खर्च भएन्।’ उनले सुर्खेत होटलमा बस्दा र खाँदाको खर्च प्रतिष्ठानले व्यहोरेको बताए। यसका साथै १५ हजार रुपैयाँ पनि प्रतिष्ठानले राउटेलाई दिएको थियो। ‘हामीले गाडीमा ल्याउने र बस्तीसम्म पुर्‍याउने गर्‍यौं, आएका सबैलाई जुत्ता किनेर दियौं’ उनले भने, ‘जंगली समुदाय भएकाले खर्च त भइहाल्छ।’ 

 

प्रकाशित: ३ आश्विन २०७५ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App