७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलार्इ थुना मुक्त गर्न अदालतकाे अादेश

काठमाडाैं - पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई थुना मुक्त गर्न अदालतले आदेश दिएको छ। इस्लामावाद उच्च अदालतले १० वर्ष जेल सजाय सुनाइएका सरिफसँगै उनकी छोरी मर्याम र ज्वाँइ मोहम्मद सफदारलाई भ्रष्टाचारको अभियोगमा सुनाइएको सजाय रद्द गर्दै थुनामुक्त गर्न आदेश दिएको हो। सरिफ र उनका छोरी ज्वाँइलाई यसै वर्षको जुलाईमा एक अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो । पाकिस्तानमा यसै वर्ष सम्पन्न आम चुनाव अघि उनलाई दोषि ठहर गर्दै जेल पठाइएको थियो।

नवाज सरिफ, उनकी छोरी मार्याम र क्याप्टेनका रूपमा सेवा निवृत्त भएका ज्वाइँ सफदार विरुद्धको एभेनफिल्ड अपार्टमेन्ट केसमा भ्रष्टाचारी ठहर गरिएकाे थियाे। जसअनुसार सरिफलाई ८० लाख पाउन्ड स्ट्रलिङ र दश बर्षको जेल सजाय सुनाइएको थियो। सोही मुद्दामा सरिफकी छोरी मार्यामलाई सात बर्ष जेल सजाय र २० लाख पाउन्ड स्ट्रलिङ जरिवानको फैसला भएको थियो। सफ दारलाई भने एक बर्षको जेल सजाय तोकिएपनि कुनै जरिवाना तोकिएको थिएन।

भ्रष्टाचारको आरोप लागेपछि सरिफले गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।

प्रकाशित: ३ आश्विन २०७५ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App