७ वैशाख २०८१ शुक्रबार
समाज

सुनका बाला सहित पक्राउ

काठमाडौं- प्रहरीले सुनको बाला सहित एक युवालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाले त्रिभुवन विमानस्थल नजिकैबाट सुनको ५ वटा बाला सहित लहानका सरोज साहलाई पक्राउ गरेको हो।

अवैधरुपमा सुनका बाला पूर्वतर्फ लैजान लागेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा उनको साथबाट २ सय ५० ग्राम बराबरका पाँचवटा बाला बरामद गरेको थियो। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०७५ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App