८ वैशाख २०८१ शनिबार
राजनीति

उपराष्ट्रपति पुन छेन्दुमा

छेन्दु - उपराष्ट्रपति नन्दबहादुर पुन  ६ दिने औपचारिक चीन भ्रमणको क्रममा सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन्। उनी सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३: ४० बजे छेन्दु पुगेका थिए।

उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरे। उपराष्ट्रपति छेन्दुमा बिहीबारबाट सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन पुगेका हुन्। उनले बिहीबार विहान ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र अपरान्ह 'बेल्ट एण्ड रोड' सम्बन्धि व्यवसायिक समुदायको कार्यक्रमलाई संबोधन गर्नेछन्।

उपराष्ट्रपतिसँग बुधबार साँझ नै चीनका उपप्रधानमन्त्री हु छुनह्वाले शिष्टाचार भेट गर्नेछन्। बुधबार साँझ नै उपराष्ट्रपति चिनियाँ कम्यूनिष्ट पार्टी (सिपिसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारको तर्फबाट आयोजित रात्री भोजमा सहभागि हुने छन्।

प्रकाशित: ३ आश्विन २०७५ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App