कोलाज

चेलीको  व्यापार

बुधबार, ०३ असोज २०७५, १६ : ०८ विश्वमणि पोखरेल

भारतको दिल्लीबाट उद्धार गरिएका चेलीका समाचार बाक्लिए, साउन दोस्रो साता । दिल्ली, वनारस प्रहरी र दिल्लीस्थित दिल्ली ओमन कमिसनको सक्रियतामा दिल्लीका होटलहरूबाट समातिएका चेलीमध्ये ७१ चेली नेपाल फर्काइएका छन् अर्थात् उनीहरूको उद्धार गरिएको छ । दिल्ली प्रहरीले नियन्त्रणमा लिएको समयमा चेलीले आफ्नो अनुहार सलले छोपेको देखिन्छ फोटोहरूमा । उद्धार गरिएका भनिएका ती चेलीले अनुहार किन छोपे ? सायद अरुहरूले आफूहरूलाई नचिनून्, थाहा नपाऊन् भनेर । खासमा दलालहरूमार्फत दिल्ली हुँदै खाडी मुलुक जाने योजनामा रहेका उनीहरू परिस्थितिको फन्दामा परेका हुन् । महिला अधिकारवादी, अधिकारवादीहरूका लागि यो उद्धार बन्न पुग्यो । तर, स्वयं उद्धार गरिएका चेलीहरूका लागि यो पक्राउ हो, परिस्थिति आँकलन गर्न नसकेर फन्दामा परेको अवस्था हो । निश्चय पनि जसलाई उद्धार गरिएको छ, सायद उनीहरूले उद्धार गरेको अर्थमा लिएका छैनन् । आफ्नो यात्रा हठात् रोकिएको अवस्था हो उनीहरूको । यस्ता घटना बेला–बेलामा दोहोरिने गर्छन्, कारण अवैध धन्दा गर्नेहरूविरुद्ध सक्रिय छौं भन्ने प्रचार बेला–बेलामा गरिराख्नुपर्ने रणनीतिमा प्रहरीहरू हुन्छन्, नेपाल–भारत दुवै तर्फका । 

खाडी मुलुकमा घरेलु कामदारको रुपमा वैधरूपमा जान नपाइने सरकारी नीति पछि दलालहरूले अवैध बाटो लिएका हुन् । करिब तीन वर्षदेखि सरकारले खाडी मुलुकमा महिला कामदार नपठाउने नीति लिएको हो । त्यसैले अवैध बाटोबाट चेलीको व्यापार मौलाएको छ र ठूलो संख्यामा आउजाउ हुने भए पनि मौसमी कारबाहीमा नेपाली चेलीहरू पक्राउ गरिन्छन् र नेपालतर्फ पठाइन्छन् । पछिल्लो पक्राउ पनि खाडी पठाउन नियन्त्रणमा राखिएकी एकजना भारतीय महिलाले नियन्त्रणबाट फुत्किएर वनारस प्रहरीमा उजुरी दिएपछि भएको हो । महिला ओसारपसार विरुद्धका विभिन्न सन्धिमा हस्ताक्षर गरेका छन्  नेपाल र भारतले । नेपाल र भारतको आपसी सम्झौताका कारण भारतबाट खाँडी मुलुकमा जान पाइँदैन । तर बेला–बेलामा साउन दोस्रो साताको जस्तै कामकारबाही चल्छ । विदेशिन दलालको नियन्त्रण र निर्देशनमा चल्ने चेलीहरू समातिन्छन्, सलले अनुहार छोप्छन् । उनीहरूलाई स्वदेश फर्काइन्छ । कस्तो विडम्बना दलाल प्रक्राउ पर्दैनन् । दुवै देशका प्रहरीहरू जो चेली व्यापारमा भित्रभित्रै लागेका हुन्छन्, उनीहरू पानीमुनिको ओभानो बन्न पुग्छन् । मौसमी कारबाहीले अरू सबै धन्दा छोपिन्छ । भारतबाट पठाउन नसकेको अवस्थामा श्रीलंका हुँदै खाडी पु¥याइन्छ । खाडी मुलुकमा धरेलु कामदारको ठूलो माग छ  । तीन वर्ष अघिसम्म खाडीमा वैध मानिथ्यो घरेलु कामदार पठाउन । सरकारले अध्ययन र खाडीमा काम गर्न गएका महिलाको सुरक्षामा कमजोरी देखेर घरेलु कामदार नपठाउने नीति लिएको हो । जहाँ माग छ, त्यहाँ जसरी भए पनि आपूर्ति हुन्छ भनिन्छ । त्यस्तै भएको छ आजकल । कति महिला जान्छन् खाडीको चुलोचौको सम्हाल्न, घरलाई चटक्क   पार्न  । यसको हिसाबकिताब छैन । सरकारले वैध ठानेको समयमा खाँडीमा गएका ठूलो संख्याका महिला चाहेर पनि स्वदेश फर्किँदैनन् ।  कारण सामान्य छ,  नेपाल आएपछि फेरि जानपाइँदैन भनेर । 

खाँडीमा महिला कामदार पठाउने धन्दाको रमाइलो पक्ष के भने यसमा जान चाहना मात्र राख्नु पर्दछ, सबै दलालले गर्दछन् । अर्थात् पैसा तिर्नुपर्देन ।  दलालले भिसा, टिकट, नेपालदेखि दिल्ली वा आवश्यक परेको अवस्थामा त्यहाँबाट श्रीलंका पुग्ने, होटलमा बस्ने सबै खर्च गर्दछन् । दलालले कति लिन्छन्  खाँडीका धनाढ्यबाट ? त्यसको लेखाजोखा छैन । आवश्यकताको सिद्धान्तअनुसार खाँडीका संभ्रान्तहरू जसलाई घरेलु कामदारको आवश्यकता परेको हुन्छ, उनीहरूले दलाललाई चित्त बुझाउनुपर्ने हुन्छ । भिसादेखि सबै खाले खर्च उनीहरूले नै व्यहोर्छन् र कामदार हाजिर गराउँछन् । जानकारहरूका अनुुसार नेपाल र भारतका चेलीहरू समूह समूहमा पठाउन खाडीसम्म नै सञ्जाल छ । सरकार आफँैले लुप होल राखेको यस मामलामा । क्लिनर भनेर जान सकिने ।  यहाँबाट क्लिनर भनेर पठाउने र खाँडीमा गएर घरधन्दा गर्नेहरू पनि छन् । तर, त्यस्तो व्यवस्थाबाट जाँदा दलाललाई महिलाहरूले दलालले मागे जति पैसा दिनुपर्ने हुन्छ । सरकारले १० हजारभन्दा बढी लिन नपाउने नीति काजगमा मात्र छ । व्यवहारमा ६०, ७० देखि लाखसम्म बुझाउनुपर्दछ क्लिनरको भेषमा खाडी पुग्न । 

किन सरकारी अवरोध ? 

२०७१ मा  व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई श्रम सम्झौता गरेका देशहरूमा मात्र नेपाली कामदार पठाउन निर्देशन दिएको थियो । समितिको निर्देशन, सरकारको अध्ययनमा महिला असुरक्षित भएको, यौन उत्पीडनमा घटनाहरूको पृष्ठभूमिमा खाडीमा विशेष गरेर घरेलु कामदारको रुपमा महिला नपठाउने नीति नेपालले लिएको हो । महिलाको हकमा श्रीमान् वा आमा–बाबुको सहमति पत्र बुझाउनुपर्ने हुन्छ । 

सरकारको बन्द गराउने नीतिको पक्ष र विपक्ष छन् । एक खाले जानकारहरू वैधानिक बाटो बन्द गरेपछि अवैधानिक तरिकाबाट मानव तस्करी गर्न पाउने अवसर हुन्छ । त्यस्तो अवसरको खोजीमा रहेका दलालहरू राजनीतिक नेतृत्वलाई प्रभावित बनाएर यस्तो व्यवस्था गराएका हुन् । अर्को पाटो छ, महिलाहरूको असुरक्षा, उनीहरूको पीडा र कतिपय महिलाहरू यौन उत्पीडनमा परेका घटनाहरूको पृष्ठभूमिमा यस्तो नीति अख्यिार गरिएको हो । समस्याहरू थिए र छन्, नियन्त्रण समाधान होइन । नेपालीहरू कामका लागि  विश्वभर जान्छन् । वैध, अवैधबाटो भन्दा पनि कमाइको कुराले महŒव पाएको छ हामीकहाँ । कस्तो कामका लागि विदेश ? किन विदेशमा ? नेपाली समाजले प्रश्न गर्दैन । खासमा नेपाली समाज उदारवादी बन्दैछ । के पनि भनिन्छ भने २ दशकसम्म मुम्बईका कोठीहरूमा भेटिने नेपाली चेलीहरू अहिले अप्र्र्र्र्रिmकाका बारहरूमा भेटिन्छन् । शरीर बेचेर कमाउन चाहने नेपाली चेली जताततै फैलिएको अवस्था सुनाउँछन् वैदेशिक रोजगारीका जानकारहरू ।  जानजानी यौन पेशा अपनाउने र शरीर बेचेर कमाउन चाहनेहरूको भीडमा अन्य महिलाहरू पनि पर्ने गरेका घटना बेला–बेला आउने गरेको हो । विभिन्न प्रयोजनका निम्ति नेपाली चेलीको आवश्यकता छ खाडी लगायतका मुलुकहरूमा । सरकारको काम वैध बाटो बन्द गरेर अवैध धन्दा फस्टाउन दिने हुनुहुँदैन । 

वैधानिक बाटो अपनायो भने त्यसबाट ठगिने भन्दा पनि लाभ बढी हुन्छ । वैधानिक बाटोबाट काम गर्न जाने, काम लिने र राज्य सबै लाभकारी बन्दछन् । राज्यले विभिन्न सेवा दिएबापत राजस्ज असुल्छ । उता चेलीहरूले सम्मानित बाटोबाट काम पाउँछन्, कहाँ काम गर्ने, कस्तो काम गर्ने, कति पारिश्रमिक प्राप्त गर्ने र बेला–बेलामा आफन्तसँग कुराकानी गर्ने वातावरणहरू हुन्छन् । यो सस्तो पर्छ, सम्बन्धित मुलुकसम्म पुग्ने जोखिम न्यून हुन्छ । तर अवैधानिक बाटो खतरनाक र खर्चिलो हुन्छ । बिनाकुनै आधिकारिक रिपोर्ट र कागजातको अभावमा दुरुपयोग, यौन हिंसा र यौनकर्ममा लाग्नुपर्ने बाध्यताहरू आइलाग्छन् । 

वैधानिक बाटो बनाउने काम राज्यको हो । यसका लागि नेपालले कुन देशमा कस्तो कामको माग छ, त्यहाँ कस्ता नेपाली जान चाहन्छन्, पठाउन सकिन्छ  भन्ने जस्ता कुरामा मसिनो अध्ययन गर्न आवश्यक छ । महिलाको सुरक्षा नहुने, यौन हिंसा हुनेजस्ता जोखिम न्यूनीकरण गर्ने नीति आवश्यक छ । त्यस्तो अवस्थाका लागि सरकार जिम्मेवार हुन्छ । वैधानिक बाटो बन्द गरेर जिम्मेवारबाट पन्छन मिल्दैन राज्यका अभिभावकले । नेपालले सम्बन्धित देशसँग श्रम सम्झौता गर्नुपर्दछ । अहिलेसम्म जोर्डन, ओमान, बहराइन, जापान, इजरायल, कोरियासँग श्रम सम्झौता छ भने कतारसँग एक किसिमको सम्झौता मात्र । नेपालीहरूको आकर्षण गन्तव्य मानिने मलेसिया केही महिना देखि बन्द छ । मलेसिया कामदार पठाउने एजेन्सीहरूलाई अवैध घोषणा गर्दै बन्द गरिएको बाटो कहिले खुल्ने हो ? कसरी खुल्ने हो र त्यसका कुन– कुन एजेन्सी कसरी उढाउने हुन् ? प्रतिक्षाको विषय हो । मलेसिया पठाउने एजेन्सीहरू कांग्रेस समर्थक  हुनाले उनीहरू अवैध घोषित भएको आरोप लागिरहेको छ । र, सँगसँगै विदेश पठाउने एजेन्सीहरूमा नेकपा करण गर्ने अभियान पनि जारी छ । मलेसिया कुन रूपमा कहिले खुल्ने हो र त्यसको ठेकेदारी कस कसले हत्याउने हुन् ? प्रतिक्षाको विषय बनेको छ वैदेशिक रोजगार वृत्तमा । 

नेपाली युवाले पसिना बगाउनुपर्ने वैदेशिक रोजगारीमा सिंह दरबारले राजनीति गर्ने होइन । राज्यको काम आफ्ना नागरिकले सम्मान, सुरक्षाका साथ विदेशमा श्रम गर्न पाउने वातावरण बनाउने हो । त्यस्तो वातावरणका लागि सबैभन्दा उत्तम विकल्प सम्बन्धित देशसँग श्रम सम्झौता गर्ने हो । तर, हामीकहाँ वैधानिक बाटो बन्द गर्ने र अवैधानिक बाटोलाई प्रोत्साहन गर्ने नीति अख्तियार गरिँदैछ । खाडीमा घरेलु कामदारको माग छ भने त्यही आधारमा खाँडी मुलुकसँग श्रम सम्झौता गरेर देखिएका समस्या समाधान गर्दै जाने हो । समस्याहरूबाट भागेर वैधानिक बाटो बन्द गर्ने नीतिको प्रत्यक्ष मारमा ठूलो संख्याका चेलीहरू पर्दै आएका छन् । परिस्थितिको आँकलन गर्दै नेपाली महिला, पुरुष जो विदेशमा काम गर्न चाहन्छन् उनीहरूलाई सहजीकरण गर्नु  र सुरक्षित काम गर्ने वातावरण बनाउने दायित्व राज्यको हो । होइन भने दिल्लीबाट, कोलम्बोबाट उडेर खाँडीका भातभान्सामा काम गर्न जाने नेपाली नारीहरूको नियती बदलिने छैन, अवैध  विदेशिने क्रम रोकिने छैन । यस्तो अवैध  चाहन्छन्  कतिपय दलाल । त्यस्तै अवसरको खोजीमा हुन्छन् नेपाली, भारतीय दुवै प्रहरी । प्रहरीको मौसमी कारबाहीलाई वाहवाही गर्र्दै वक्तव्यबाजी गर्न पछि पर्दैनन् महिला अधिकारकर्मी, मानव अधिकारवादी । के देखिन्छ भने सरकार बाटो बन्दको घोषणा गरेर मौन छ, अधिकारकर्मीहरू वक्तव्यबाजीमा रमाएका छन्, प्रहरी प्रशासन पानीमुनिको ओभानो भन्दैछ आफूलाई, मानव तस्करहरू मालामाल भएका छन् र यी सबै अव्यवस्थाहरूको निचोडमा नेपाली चेलीहरू परेका छन्, उनीहरूलाई जानेर नजानेर शोषण गर्दैछन् सबै । अपार अनुभव हुन्छ चेलीको व्यापार । 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad