७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

संविधान दिवसमा देशभर उल्लास(फोटो फिचर)

काठमाडौ– तेस्रो संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी उल्लासका साथ मनाइँदैछ। 
संविधान दिवसमा देशभर  प्रदेश सरकार, स्थानीय निकाय, संघसस्था, नागरिक समाज, क्लब शिक्षण संस्थाको सकृयतामा दिवस मनाइएको छ। 
प्रदेश नं १को सहिद रंगशाला विराटनगरमा आयोजित विशेष समारोहमा त्यहाँका मुख्य मन्त्री शेरधन राइले प्रदेशका जनताको विकास र समृद्दि सुशासन र सम्मानको चाहना पूरा गर्न प्रदेश सरकार संवेदनशील हुने बताए। प्रदेश सरकारले आयोजना गरेको उक्त समारोहमा प्रदेशप्रमूख डा. गोविन्द बहादुर तुम्वाहांङको पनि सहभागिता थियो। कार्यक्रममा नेपाली सेना प्रहरी खेलाडी, विद्यार्थीलगायतले विभिन्न सांस्कृतिक प्रदर्शन गरेका थिए। 
उता प्रदेश ५ सरकारले बुटवलमा विशेष समारोह आयोजना गरेको छ। समारोह पहिलेको प्रभातफेरिमा प्रदेश ५ का प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, सांसदहरु, सरकारी उच्च पदस्त कर्मचारी, नेपाली सेना, शसस्त्र प्रहरी, प्रहरी तथा बुटवल उपमहानगर सहितका बिभिन्न संघसंस्थाहरुले सहभागिता जनाएका थिए । प्रभातफेरि पश्चात बुटवल बहुमुखी क्याम्पसमा भएको विशेष समारोह गरिएको थियो । 
कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अधिकारमुखी आन्दोलन छाडेर समृद्धिको जनआकाक्षा सम्बोधन गर्ने बेला आएको बताए। ‘संविधानको मर्मलाई आत्मसाथ गर्दै संविधानको कार्यान्वयनमा जुटेका छा,ैं’ समारोहलाई संबोधन गर्दै उनले भने –‘समृद्ध प्रदेश र खुशी जनताको सपना पूरा गर्नेछौ ।ं’  संविधान दिवसका अवसरमा प्रदेश सरकारले तीन दिने विविध कार्यक्रम राखेको छ । दिवसको अवसरमा मंगलबार साझ बुटवलमा दीप प्रज्वलन गरिएको थियो । प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु झिलिमिली बत्तीहरुले सजाएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले नयाँ संविधान प्राप्तीलागि योगदान दिएका सहिदको स्मरण गर्दै जनचाहना अनुरुप सार्वजनिक सेवा प्रवाह र विकासको आकाँक्षा पुरा गर्ने दायित्व पुरा गर्न सरकार सकृय हुने प्रतिवद्धता जनाए। 
पाल्पामा आयोजित संविधान दिवसको समरोहमा प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेले विभिन्न तहका सरकारहरुमा केही अन्योलता देखिएको भए पनि संविधान कार्यान्यवनलाई  पूर्णता दिन ऐन, कानून, कार्यविधि तयार हुदै गरेको बताए। ‘अब संघमा केही छैन सबै तल आएको छ,’ पूर्व उद्योगमन्त्री रहेका पाण्डेले भने, ‘निसाशा बोकेर हिड्नु हुन्न । अहिलेसम्म परिवर्तन नभए पनि अब परिवर्तन हुन्छ ।’
स्याङ्जामा जिल्ला समन्वय समितिका सभाहल पनि संविधान दिवस मनाइयो। जिल्ला समारोह समिति स्याङ्जाले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिकी सभापति सिता कुमारी सुन्दासले संविधानबाट प्राप्त हक सधिकारहरु सुरक्षीत गर्न सबै मिलेर संविधानको सही तरीकाले प्रयोग गर्नेपर्ने बताईन। प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले संविधान जारी र कार्यान्वयन भईसके पछि अब नागरिकको जिवन स्तर सगँ जोडिएको आर्थिक, रोजगारी, शिक्षा र स्वास्थ्य लगाएतका क्षेत्रमा काम गर्नुपर्ने बेला आएको बताए । 
रोल्पामा बिहान टुडिखेलबाट प्रभातफेरीका लागि निस्किएको ¥याली बजार परिक्रमा गरि औपचारीक कार्यक्रममा परिणत भएको थियो। विद्यार्थी, कर्मचारी, पत्रकार, राजनितिक दलका जिल्ला स्तरीय नेता, स्थानियको सहभागिता रहेको कार्यक्रममा जिल्ला न्यायाधिस रमेश प्रशाद ज्ञवाली, समन्वय समिति प्रमुख राजबहादुर बुढा, नगर प्रमुख पुर्ण केसि लगायतको उपस्थिति रहेको थियो । 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App