८ वैशाख २०८१ शनिबार
अर्थ

यतिको तेस्रो एटिआर ७२–५०० जहाज आयो

काठमाडौं – यति एयरलाइन्सको तेस्रो एटिआर ७२–५०० विमान काठमाडौं आइपुगेको छ । उक्त विमान मंगलबार दिउँसो २ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कम्पनीले जनाएको छ। 

उक्त जहाजको नेपाली रजिस्ट्रेसन नम्बर ९एन–एएलएन र उत्पादन क्रम संख्या एमएसएन ७७६ रहेको कम्पनीले जनाएको छ । उक्त विमान फ्रान्सको टुलुसबाट इटली–इजिप्ट–मस्कट हुँदै काठमाडौं आइपुगेको विज्ञप्तिमा उल्लेख छ। 

उक्त विमानमा चालक दलका सदस्यहरु क्याप्टेन प्रमोद पौडेल, क्याप्टेन रमोद श्रेष्ठ, क्याप्टेन सुरेन्द्र कुँवर, वरिष्ठ इन्जिनियर सुरेशकुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति र नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली रहेको पनि विज्ञप्तिमा जनाइएको छ।

यो जहाज फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्विन इन्जिन टर्बोप्रप विमान हो । उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा एटिआर ७२–५०० संसारको सबैभन्दा सफल क्षेत्रीय क्यारियरमध्येमा पर्ने कम्पनीको भनाइ छ । यो विमानको विश्वप्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्यान्ड, एयर लिङ्स, एसएएस, एचओपी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दोलगायत हुन्। 

यतिले उक्त जहाज के एफ टर्बो लिजिङ लिमिटेडबाट किनेको र यो नेपालमा एटिआर ७२ विमान खण्डमा सबैभन्दा नयाँ हुने दाबी विज्ञप्तिमा गरिएको छ । यो विमान थपिँदा यति एयरलाइन्सले एटिआर ७२ को सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा दिने जनाएको छ । यसले नेपालमा मनाउन लागिएको पर्यटन वर्ष २०२० मा नेपालको २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

यति एयरलाइन्सले १९९८ मा सेवा सुरु गरेको हो । हाल यति एयरलाइन्ससँग तीनवटा एटिआर ७२–५०० र ६ वटा बिएई जेटस्ट्रिम ४१ जहाज छन् । यसको सहायक कम्पनी तारा एयरसँग दुईवटा डोर्नियर डिओ–२२८, दुईवटा ट्विनअटर डिएचसी–३०० र दुईवटा ट्विनअटर भाइकिङ ४०० सिरिज छन् । यति एयरलाइन्सले नेपालको बृहत् सेवा सञ्जाल सञ्चालन गर्दै आएको जनाएको छ।

 

प्रकाशित: ३ आश्विन २०७५ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App