८ वैशाख २०८१ शनिबार
अर्थ

स्मार्टको सिमकार्डमा थप  सुविधा

काठमाडौं – आफूलाई देशको तेस्रो ठूलो टेलिकमकम्पनी दाबी गर्ने स्मार्ट टेलिकमले सिमकार्ड खरिदमा थप ४० रुपैयाँ दिने जनाएको छ । स्मार्टको सिमकार्ड खरिदमाप्राप्तहुने विद्यमान सुविधाको साथथप रकम प्राप्तगर्न सकिने कम्पनीले जनाएको छ।

९९ मासिमखरिद गर्ने ग्राहकले १० मिनेटको टक टाइम, १० एसएमएस, दुई सय एमबी डाटाको साथ ५० मेन ब्यालेन्सको र अतिरिक्त ४० रुपैयाँ मेन ब्यालेन्स पाउने कम्पनीले जनाएको छ। 

स्मार्टले यसअघि रिब्रान्डिङको साथ इट्स फ्रिडम नामको नयाँ योजना प्रस्तुत गरेको थियो । यस योजनाअन्तर्गत हरेक सिमकार्डको खरिदमावा रिचार्जमा डाटा, भ्वाइस, एसएमएसमाअतिरिक्त सुविधाप्राप्तगर्न सकिने कम्पनीको भनाइ छ।

साथै २९ रुपैयाँमा पाँच सय एमबी डाटा, ९० पैसा÷प्रतिमिनेटमा भ्वाइस, तथा ५० पैसा प्रति एसएमएस(सरकारी कर बाहेक) एवं अझन्यूनतमशूल्कमाअन्तर्राष्ट्रिय कलगर्न सकिने सुविधापनि योजनामा समावेश गरिएको कम्पनीले जनाएको छ । 
काठमाडौंमाफोर जीको समूहअन्तर्गत स्मार्टले न्यूनतमशुल्कमाविभिन्न फोर जी डाटा प्याक उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

 

प्रकाशित: ३ आश्विन २०७५ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App