coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

संगीतकार प्रकाशलाई ‘लाइफटाइम’

काठमाडौं – दुई दशकदेखि वार्षिक रुपमा आयोजना हुँदै आइरहेको ‘इमेज अवार्ड’को २० औं संस्करणमा संगीतकार प्रकाश गुरुङलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । आयोजक इमेज च्यानलले सोमबार राजधानीमा विभिन्न १८ विधाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै प्रकाशलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ दिने घोषणा गरेको हो।

त्यस्तै आयोजकले उर्जा क्षेत्रमा विशेष योगदान पुर्याएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दि इयर’बाट विशेष सम्मान गर्ने भएको छ । विगतका वर्षहरूमा झैं यस वर्ष पनि गीत, संगीत, रचनालगायत म्यूजिक भिडियो र पब्लिक च्वाइस अवार्ड समूह छन्।

आयोजकका अनुसार यसपटक २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्यूजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको छ । मनोनयनमा परेका स्रष्टाहरूलाई नेपाली सांगीतिक क्षेत्रका विज्ञहरूबाट गरिएको मुल्यांकन र सोही ५ मध्येबाट उत्कृष्ट चयनको लागि प्राविधिक मत संगीत क्षेत्रका विज्ञहरूबाट नै लिइनेछ।

विगतको वर्षझैं यसपटक पनि एक विधा ‘पब्लिक च्वाइस अवार्ड’को  लागि एसएमएस भोटिङ खुल्ला गरिएको छ । यस विधामा जसले सबैभन्दा बढी एसएमएस भोट प्राप्त गर्छ, सोही गीतलाई विजेता घोषित गरिने जनाइएको छ । अवार्डको फिनाले आगामी असोज २० गते हुनेछ।

 

प्रकाशित: ३ आश्विन २०७५ ००:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App