coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सहिद स्मारक लिगलाई पल्सरको साथ

काठमाडौं – यसै महिना सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि पल्सर मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज एन्ड हुलासचन्द कम्पनीले मुख्य प्रायोजन गर्ने भएको छ। 

प्रायोजन सम्झौतामा मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) बाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईं र हंसराज हुलासचन्दका प्रवन्ध निर्देशक शेखर गोल्छाले हस्ताक्षर गरे । पल्सर आगामी तीन वर्षसम्मका लागि लिगको मुख्य प्रायोजक हुने बताइए पनि प्रायोजन रकम भने खुलाइएको छैन। 

 

प्रकाशित: २ आश्विन २०७५ २३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App