७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल चौथो स्थानमा सिमित

काठमाडौं – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को आयोजनामा भएको चतुष्पक्षीय यु–१९ एकदिवसीय शृंखलामा नेपाल चौथो भएको छ। 

भारतका दुई टोलीसहित अफगानिस्तान र नेपाल सम्मिलित प्रतियोगिताको अन्तिमा खेलमा अफगानिस्तानसँग ७१ रनले पराजित भएपछि नेपाल चौथो भएको हो। शृंखलाको लिग चरणमा अफगानिस्तानलाई २५ रनले पराजित गरेको नेपाल तेस्रो स्थानका लागि मंगलवार भएको खेलमा स्तब्ध बनेको हो। 

नेपाललाई पराजित गर्न अफगानिस्ताका रियाद हसनले अलराउन्ड प्रदर्शन गरे । टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरको समाप्तिमा ८ विकेट गुमाएर नेपालसामु २ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अलराउन्ड प्रदर्शन गरेका हसनले १ सय ४९ बलको सामना गर्दै शतकीय पारी खेलेका थिए भने बलिङतर्फ हसनले ४ विकेट लिएका थिए। 

एकान इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा २ सय ४५ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको नेपाल ४५ ओभरको समाप्तिमा १ सय ७३ रनमा समेटियो । खेलमा नेपाली ब्याट्सम्यान अफगानी बलर सामु खुलेर खेल्न सकेनन्।

नेपालका कप्तान मोहम्मद आरिफ शेख र लोकेश बमले २५÷२५ रन बनाए भने अरुण ऐरीले २४ तथा पवन सर्राफले २३ रनको योगदान गरे । यस्तै, सुदीप जोराले १८ रनको योगदान गर्दा भीम सार्कीले १६ तथा मोहम्मद संसाद अलमले १२ रनको पारी खेले। 

नेपालको इनिङलाई सस्तैमा समेट्न अफगानिस्तानका रियाद हसनले ९ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ४ विकेट लिए भने रिजवानुल्लाहले २ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ओपनर रियाद हसनको शतकीय पारीको मद्दतमा  ८ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । सबसिर खान सिरले ३२ रन जोड्दा आरिफ खान दलवतजाईले २४ रनको योगदान गरेका थिए। 

बलिङतर्फ नेपालका सागर ढकाल, पवन सर्राफ र मोहम्मद संसाद आलमले २–२ विकेट लिए । यस्तै लिग चरणमा अपराजित रहेको भारतको यु–१९ ‘ए’ टिमलाई फाइनलमा १० रनले पराजित गर्दै भारतकै ‘बी’ टिमले उपाधि जितेको छ। 

 

प्रकाशित: २ आश्विन २०७५ २३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App