सरकार शान्ति सुरक्षा कायम गर्न असफल : नेता लेखक

मङ्गलबार, ०२ असोज २०७५, १८ : ०६ नागरिक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापबाट जनता निराश बनेको दाबी गरेका छन्। 

नेता लेखकले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको भन्दै सरकारका क्रियाकलापबाट जनता दिनप्रतिदिन निराश बन्दै गएको आरोप लगाए। 

उनले भने, ‘संविधानले जनतालाई धेरै अधिकार दिएको छ, सरकारले यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने र केही नगर्ने हो भने संविधानप्रति जनताको विश्वास घट्ने अवस्था सिर्जना हुन्छ। त्यसैले सरकार ज्यादात्तर सचेत हुन आवश्यक छ। श्रृङ्खलाबद्ध रुपमा बलात्कारका घट्नाहरु घटिरहेका छन्, यस्तो अवस्थामा सरकारले तदारुकता देखाउनुपर्ने हो। तर, सरकारले त्यसो गर्न सकेको छैन्।’

नेता लेखकले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको करिब दुई महिना वितिसक्दा पनि सरकारले खास दोषीलाई पक्राउ गर्न नसकेको भन्दै उक्त घट्नाका बारेमा सरकारलाई गम्भीर हुन आग्रह गरे। 

उनले भने, ‘सरकारले खास अपराधीलाई पत्ता लगाउन सक्दैन, निर्दोषलाई चरम यातना दिएर आधिकारिक दोषीलाई उन्मुक्ति दिन खोज्दैछ, जनताको जिउधनको सुरक्षा गर्ने जिम्मा सरकारको हो, अपराधीलाई जोगाउने होइन, संविधानको कार्यान्वयन र सरकारले गरिरहेका कामको बारेमा के कति बाधा परेको छ र जनता कत्तिको सन्तुष्ट छन भन्ने कुरासमेत प्रष्ट पारेको छ।’ 

संविधानले राजनीतिक, समाजिक, साँस्कृतिक रुपमा परिवर्तनकारी भूमिका खेल्न सफल भएको नेता लेखकको भनाई छ। उनले भने, ‘तराई–मधेशका राजनीतिक दलहरुले संविधानमा केही फरक मत राखेका छन्, संविधान आवश्यकता र मुलुकको हितमा परिवर्तन गर्न सकिने भएका कारण बिरोधलाई उग्र बनाउनुहुँदैन।’

लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको सन्दर्भमा मुलुकले नौलो अभ्यास गरिरहेको बताउँदै उनले सम्पूर्ण जातजाति, धर्म समुदाय र उत्पीडित जाति, क्षेत्र, लिङ्गको बारेमापनि संविधानले अधिकारहरुको व्यवस्था गरेको सुनाए।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad