७ वैशाख २०८१ शुक्रबार
अर्थ

परिसूचक २ अंकले बढेपनि २२ करोडले घट्यो कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक २.४१ अंकले बढेर १२सय५८.८१ पुगेपनि कूल कारोबार रकममा भने २२ करोडले कमि आएको छ।

सोमबार ६८ करोड ७६ लाख ८८ हजार ६५३ रूपैयाँकाे   कारोबार भएकोमा आज ४६ करोड ६९ लाख ७२ हजार १९६ रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ। ५ हजार ८७७ कारोबारबाट १५लाख ५९हजार ४०२  कित्ता शेयर किनबेच भएका छन्।

समूहगत कारोबारमा ३ समूह सूचक घटेका छन् भने ७समूहमा बृद्धि देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूह ७३.९५ अंकले बढेको छ भने जलविद्युत् समूहमा ४२.१२ अंकको बृद्धि भएको छ । होटल समूह २५.९३ अंकले घटेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै नेको इन्स्योरेन्सको ३ करोड ३९ लाख ८४ हजार रुपैयाँको शेयर किनबेच भए भने एनएमबी बैंकको २ करोड ४७ लाख ५३ हजार रुपैयाँको कारोबार भयो।

आजको कारोबारमा प्रतिकित्ता आम्दानीमा राष्ट्रिय बिमा कम्पनीको २७५ रुपैयाँ बढेको छ भने गुमाउनेमा सबैभन्दा बढि बोटलर्स नेपालको ५५ रुपैयाँले कमि आएको छ।   

 

प्रकाशित: २ आश्विन २०७५ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App