coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘भारतीय सेनाध्यक्षको अभिव्यक्ति खेदजनक’

फाइल तस्बिर

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले भारतीय सेना प्रमूख विपिन रावतले नेपालबारे गरेको पछिल्लो टिप्पणीप्रति आपत्ति जनाएका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शुन्य समयमा सांसदहरुले उक्त अभिव्यक्ति प्रति खेद प्रकट गरे।  सांसद सूर्यप्रसाद पाठकले सार्वभौम राष्ट्रविरुद्ध त्यस्तो अभिव्यक्ति आएको भन्दै त्यस्तो अभिव्यक्ति खेदजनक रहको बताए। अर्का सांसद हरिराज अधिकारीले भारतीय सेनाध्यक्षले नेपाल र भुटानबारे दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै त्यसबारे स्पष्टीकरण सोध्न सरकारसमक्ष माग गरे।‘आपत्तिजनक अभिव्यक्ति दिएकोबारे नेपालका लागि भारतीय राजदूतलाई बोलाएर सरकारले स्पिष्टिकरण मागोस,’ उनले भने।

 केहिदिन पहिले भारतीय सेनाध्यक्ष रावतले नेपाल र भुटानलाई भारततर्फ ढल्कनै पर्ने र चीनतर्फ नजिकिनु लाभदायक नभएको टिप्पणी गरेका थिए। पहिलो बिमस्टेक सैन्य अभ्यास माइलेक्स–१८समापनपछि आयोजित पत्रकार भेटघाटमा भौगोलिक कारणले पनि भारतबाट नेपाल र भुटान टाडिन नसक्ने र नेपाल चीनतर्फ जान नसक्ने धारणा राखेका थिए।  

 

प्रकाशित: २ आश्विन २०७५ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App