हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

मङ्गलबार, ०२ असोज २०७५, १५ : १७ नागरिक

काठमाडौं – संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन्। 

त्यसैगरी नेपाली सेनाका होमलाल श्रेष्ठ द्वितीय, सेनाकै हरिकुमार रिमाल तृतीय र सेनाकै खगेन्द्र भाट चांैथो भए। पुरुषतर्फ मात्र प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३०, तेस्रोले २० र चांैथोलाई १० हजार प्रदान गरियो। 

म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र नेपाल एपिएफ क्लबका साथै अन्य गरी करीब २५० खेलाडीको सहभागिता थियो। विजेतालाई युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र राखेपका सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरे। 

म्याराथन त्रिपुरेश्वरस्थित राखेप परिसरबाट शुरु भई त्रिपुरेश्वर चोक, थापाथली, माइतीघर, बबरमहल, मीनभवन, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नया थिमी, राधेराधे, सृजनानगर, सल्लाघारी तीनकुने हुँदै पुनः सोही बाटो त्रिपुरेश्वरस्थित राखेप हातामै आएर टुङ्गिएको थियो।

यसअघि प्रतियोगिताको बिहान त्रिपुरेश्वरस्थित राखेप परिसरमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका थिए। संविधान दिवसकै अवसरमा आज नेपाल रातो र नेपाल नीलो टिमबीच टी–२० मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ।  

प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने राखेपले जनाएको छ। संविधान जारी भएको दिन असोज ३ लाई सरकारले भव्यरुपमा मनाउँदैछ। यस दिनलाई यस वर्षदेखि राष्ट्रिय दिवसका रुपमा समेत मनाइँदैछ।   (रासस)





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad