मुगुमा स्याउ उत्पादन घट्यो

मङ्गलबार, ०२ असोज २०७५, १३ : ३७ सुमन मल्ल

असोज – मुगुमा आर्थिक वर्ष २०७४–०७५ भन्दा आर्थिक वर्ष २०७५–०७६ मा स्याउ उत्पादनमा कमि आएको छ। अघिल्लो वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भएपनि ४ मेट्रिक टन मात्र निर्यात भएको थियो भने यो वर्ष गएको आर्थिक वर्षभन्दा ७० प्रतिशतले स्याउको उत्पादनमा ह्रास आएको छ।

स्याउको फूल फुल्ने समयमा असिना पानीले फूल झारेपछि स्याउको उत्पादनमा कमि आएको हो। ४ हजारभन्दा बढी स्याउ प्याकेजीङ्ग गर्नको लागि कार्टुनको ब्यवस्था गरिएको भएपनि सडक बन्द हुँदा कार्टुनबीच बाटोमा नै रहेको छायानाथ रारा नगरपालिकाका कृषि शाखा प्रमुख केबी रोकायाले जानकारी दिए। अहिले सडक यातायात सुचारु भइसकेकाले अबको एक हप्ता भित्र स्याउ राख्नका लागि स्याउ कृषकले कार्टुन पाउने रोकायाको भनाई छ।

उत्पादन भएको स्याउलाई बिक्रीको लागि सुरक्षित रुपमा  नेपालगञ्ज, सुर्खेत र काठमाडौंसम्म लैजान कार्टुन बिगतका वर्षहरूमा जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराउदै आएको थियो। यो वर्ष छायानाथ रारा नगरपालिकाले अहिलेसम्म कार्टुन उपलब्ध नगराएको स्याउ कृषकको भनाई रहेको छ। उत्पादन भएको स्याउबाट बाल बच्चालाई पढाई खर्च र घर खर्च चलाउदै आएको र स्याउबाट गत वर्ष ५०–६० हजार आम्दानी भएपनि यो वर्ष २–४ हजार रुपैयाँ आम्दानी गर्न समेत गाह्रो भएको छायानाथ रारा नगरपालिका ५ कार्कीबाडा बस्ने जगमाया भामले बताइन।

जिल्लाका स्याउ पकेट क्षेत्र घोषणा गरिएका ताल्चा, कार्कीबाडा, वाम, सोरुकोट, खमाले, जिउका कोटीला लगायतका ठाउँमा जताततै लटरम्म भुइनै छुने गरी स्याउ उत्पादन हुने भएपनि यो वर्ष स्याउको उत्पादनमा निकै कमि आएपछि कृषकहरू मर्कामा परेका छन्। हिजो आज गमगढी बजारमा प्रति दाना स्याउको मूल्य १० देखि १५ रुपैयाँसम्म छ। स्याउ टिपेपनि सुरक्षित भण्डारणको व्यवस्था नहुँदा कृषकले सस्तो मुल्यमा स्याउ बिक्री गरिरहेका छन्। 

सदरमुकाम आसपासका कार्कीवाडा, रुगा, रोवा, पिना गाविसमा उत्पादन भएको स्याउ सदरमुकाम र नेपालगञ्जतर्फ खपत हुने भएपनि सदरमुकाम बाहिरका माँग्री, जिमा, रारा, खमाले, सुकाढिक, कालै लगायतका गाविसमा फलेको स्याउ यातायात र भौगोलिक विकटताका कारण खेर जाने गरेको छ।

जिल्लामा १ हजार ७५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको साबिकको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाभरमा २ हजार ९ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष  १ हजार ९ सय ९० मेट्रिक टन उत्पादन भएको अनुमान छ। जिल्लामा उत्पादन भएको स्याउ सुरक्षित राख्न विभिन्न स्थानमा भण्डार घर निर्माण गर्ने आगामी लक्ष्य रहेको कार्यालयले जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

Ncell Footer Ad